डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु
जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आउनुभएको हो ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
आलु खेती गर्दै तारा माविका विद्यार्थी : व्यवहारिक सिकाइको उत्कृष्ट नमुना
गोरखा नगरपालिका – १० स्थित छेपेटारमा रहेको सामुदायिक विद्यालय तारामाविका कक्षा ९ र १० का विद्यार्थीहरुले कृषि शिक्षालाई कक्षा कोठाबाट खेत सम्म पु–याउदै विद्यालय परिसरमा आलु खेती सुरु गरेका छन् ।
विश्व बक्सिङ्ग काउन्सिल सम्मेलनमा नेपालको पहिलोपटक उपस्थिति
नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिलको वार्षिक सम्मेलनमा औपचारिक प्रतिनिधित्व गरेको छ ।
पनाहा खोलामा पक्की पुल निर्माण
गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ र इस्मा गाउँपालिका वडा नम्बर– २ को संगम पनाहा खोलामा पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय नागरिकहरु अत्यन्तै खुसी देखिएका छन् ।
एनपिएलः आज दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् ।
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
विश्वका विभिन्न मुलुकमा मङ्गलबार अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
एमाले मुस्ताङबाट महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)मुस्ताङले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ ।
फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
बागलुङमा दुई सय १५ एचआइभी सङ्क्रमित पहिचान
जिल्लामा दुई सय १५ जना एचआइभी एड्स सङ्क्रमितको पहिचान भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार, सङ्क्रमितमध्ये अठार जना १८ वर्ष मुनिका छन् ।
गुल्मीको छत्रकोटले बाँझो जग्गा उपयोग गर्दै
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो ।
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ५०२ पुगेको छ भने ५०८ जना अझै बेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधान अनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।
स्वास्थ्यमन्त्री गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूतको शिष्टाचार भेट
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेलपिटियाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
‘नयाँ दृष्टिकोणबाट काउन्सिललाई अघि बढाउने प्रतिवद्धता’
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् ।
एसिसी यु–१९ प्रिमियर कपमा नेपाल पराजित, युएईलाई उपाधि
संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न नेपाल चुकेको छ । नेपाललाई २७ रनले पराजित गरेर आयोजक युएईले उपाधि चुमेको हो ।
राष्ट्रिय लिग फुटबल पुसमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
औषधीका समस्या चाँडै सम्बोधन हुन्छन् : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसमक्ष नेपाल औषधी थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन चिकित्सक सङ्घको माग
नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।
टीकापुरमा शीतभण्डार सञ्चालनमा ढिलाइ
प्राविधिक लगत तयार गर्दा आवश्यक काम छुटेपछि टीकापुरमा बनेको शीत भण्डार सञ्चालनमा आउन ढिलाइ भएको छ । हिउँदबाट प्रयोगमा ल्याउने भनिए पनि काम ढिला भएपछि असार मसान्तसम्म सर्ने बताइएको छ ।