• १५ मंसिर २०८२, सोमबार

औषधीका समस्या चाँडै सम्बोधन हुन्छन् : स्वास्थ्यमन्त्री गौतम

blog

डा.सुधा गौतमसमक्ष नेपाल औषधी थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाउँदै ।

काठमाडौँ,मङ्सिर १५ गते।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसमक्ष नेपाल औषधी थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् । 

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमललाई सङ्घका अध्यक्ष गणेश नेपालको नेतृत्वमा भएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । 

सो अवसरमा मन्त्री गौतमले औषधी व्यवसायीका पछिल्लो पटक देखिएका समस्याबारे आफू जानकार रहेकाले माग सम्बोधन गरिने बताउनुभयो । 

उहाँले औषधी व्यवसायीका समस्याबारे आफूले मन्त्रालयमा पनि छलफल गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहमति सहकार्यमा विश्वास गर्छौँ । थोक व्यवसायी सङ्घले राखेका कुरा सहज रुपमा लिएको छु । समस्या समाधान उन्मुख छ ।”

सङ्घले औषधी ऐन, २०३५ को दफा ११ को उपदफा ५ कार्यान्वयन स्थगन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका थिए ।

 ध्यानाकर्षणपत्रमा नवीकरण प्रक्रियालाई डिजिटल, पारदर्शी, छिटो तथा व्यवसाय मैत्री प्रशासनिक ढिलाइ र प्रणालीगत कमजोरीहरू पूर्ण रूपमा न्यूनीकरण गर्न आवश्यक कानुनी÷प्राविधिक संरचना अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ । 

औषधी ऐनको दफा ११ को उपदफा (३) अन्तर्गत दोब्बर दस्तुर तथा समयसीमाको विषयमा समेत पुनरावलोकन गर्न आग्रह गरिएको छ ।