‘देश विकासका लागि श्रमदान अपरिहार्य’
देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ ।
नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै
इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
भेनेजुएलाको आरोप-आइसिसी जिम्मेवारीबाट पन्छियो
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले काराकासस्थित आफ्नो कार्यालय बन्द गर्ने निर्णय गरेपछि भेनेजुएलाका अधिकारीले आइसिसीलाई कर्तव्यबाट पन्छिएको आरोप लगाएका छन् ।
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको विनाशकारी आगलागीमा १५१ जनाको ज्यान गएपछि घटनाको व्यापक छानबिन गर्न न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गर्नु भएको छ ।
चीनद्वारा जापानी जहाजलाई निष्कासन
चिनियाँ जल क्षेत्रमा अवैधरूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ ।
भारतद्वारा श्रीलङ्कालाई सहायता पठाउन पाकिस्तानी उडानलाई हवाई क्षेत्र प्रयोग गर्ने स्वीकृति
नयाँ दिल्लीले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको पाकिस्तानी मिडियामा प्रसारित दावीलाई अस्वीकार गर्दै चक्रवात प्रभावित श्रीलङ्कामा राहत सामग्री बोकेको पाकिस्तानको सहायता उडानलाई द्रुत स्वीकृति दिएको बताएको छ ।
एनपिएल : चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो ।
चासोक तङ्नाम १८ गतेबाट
किरात लिम्बू समुदायको मुख्य चाड चासोक तङ्नामको अवसरमा मङ्सिर १८ गतेदेखि लिम्बू समुदायका विभिन्न सांस्कृतिक उत्सव सुरु हुने भएको छ ।
घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना
यहाँको थासाङ गाउँपालिका–४, घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ ।
कानेपोखरी गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने
मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ ।
महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ ।
गुल्मीमा निर्वाचन आयोगद्वारा तीन मतदान स्थल थप
निर्वाचन आयोगले गुल्मीका तीन मतदान स्थल थप गरेको छ ।
प्रहरीद्वारा हिमाली सीमाको अनुगमन
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्र केन्द्रित सीमा नाका अनुगमन गरेको छ । प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमको कमान्डमा ९ जनाको प्रहरी टोलीले हिमाली क्षेत्र केन्द्रित सिमा नाका अनुगमन गरेको हो ।
'जहाँ नाउर, त्यहाँ हिउँ चितुवा'
‘हिमालको रानी’उपनामले चिनिने हिउँ चितुवाकाे प्रमुख आहारा नाउर पाइने लोमान्थाङ गाउँपालिका–१, छोसेरको उच्च हिमाली क्षेत्रम हिउँ चितुवा देखिरहन्छ ।
वनस्पतिबाट बायोचार उत्पादन तथा वनमारा व्यवस्थापनबारे मार्गदर्शन
सल्यानमा हानिकारक मिचाहा प्रजातिका वनस्पतिबाट बायोचार उत्पादन गर्ने, जैविक मलको सम्भावना एवं जिल्लामा जारी मिचाहा वनस्पति व्यवस्थापन अपडेटसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
एनपिएलः चितवन टस जितेर ब्याटिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै सञ्चालन गरिएको मतदाता दर्ता अभियानबाट तनहुँमा आठ हजार ३६६ नयाँ मतदाता थपिएका छन् ।
एमाले महाधिवेशन प्रतिनिधिको गाडी जलाइयो
लहान नगरपालिका वडा नम्बर २ भगवानपुर घर भएको नेकपा एमाले महाधिवेशन प्रतिनिधि चुनिएको जितेन्द्र कुमार यादवको बा ०१००६ ख ५८१८ नम्बरको इभि चार्जिङग हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन् ।
सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।
बेनी–जोमसोम–कोरला सडकः म्याग्दी खण्ड स्तरोन्नति
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।
‘मेयर कप’ फुटबलमा आज दुई खेल हुँदै
बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा बाङेचौर खेल मैदानमा जारी तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबार दुई खेल हुँदै छन् ।
एमाले महाधिवेशन : महोत्तरीमा विवादित बन्दै प्रतिनिधि छनोट प्रक्रिया
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया महोत्तरीमा विवादित बन्दै गएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आफ्नो गृह क्षेत्र महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि छनोटमा मनपरी ढङ्गले हस्तक्षेप गरेको आरोप लगिएको हो ।
अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीय भवन बन्ने
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको नयाँ प्रशासकीयय भवन निर्माण यसै वर्षबाट सुरु हुने भएको छ ।
नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित
समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।