• १६ मङ्सिर २०८२, मङ्गलबार

नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै

blog

खेलअघि तयारी गर्दै नेपाली टोली ।

काठमाडौँ, मङ्सिर १६ गते । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र चाइनिज ताइपेइबिच पहिलो पटक महिला फुटबल हुन लागेको हो । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछ ।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग २–१ गोलले पराजित भएको थियो । चाइनेज ताइपेईले भने इन्डोनेसियालाई ५–० गोलले हराएको थियो । चाइनेज ताइपेईलाई यस प्रतियोगिता जित्न नेपालविरुद्ध बराबरी नतिजाले पुग्नेछ ।