• १६ मङ्सिर २०८२, मङ्गलबार

चीनद्वारा जापानी जहाजलाई निष्कासन

blog

बेइजिङ, मङ्सिर १६ गते । चिनियाँ जल क्षेत्रमा अवैधरूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मङ्गलबार घोषणा गरेको छ । चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उद्धृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैधरूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

उहाँले सिसिजीले कानुनअनुसार आवश्यक नियन्त्रण उपाय अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै दियाओउ दाओ र यसका टापु अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताउनुभएको छ । “सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार-संरक्षण कानुन प्रवर्तन अपरेसन जारी राख्नेसमेत उहाँले प्रष्ट पार्नुभएको छ । रासस/क्यूएनए