काठमाडौँ, मङ्सिर १५ गते । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका छन् ।
स्वास्थ्य खबर फाउन्डेसन र हेल्थ कन्सर्नको आयोजनामा नेपाल मेडिकल काउन्सिल : ‘नवीन नेतृत्व, नयाँ दृष्टिकोण’ शीर्षकमा अन्तरसंवाद कार्यक्रममा काउन्सिलको उपाध्यक्षमा पदका उम्मेदवारले काउन्सिल सुधार गर्ने प्रतिवद्धता गरेका हुन ।
आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि डा.अजयसिंह थापा, डा गुरुशरण साह र डा कुन्जाङ शेर्पा उम्मेदवारी दिनुभएको छ ।
कार्यक्रममा तीनै जना काउन्सिलको उपाध्यक्षका लागि उम्मेदवार काउन्सिलको नेतृत्वका लागि आफूले तय गरेका अजेन्डा, सुधारका लागि प्रतिबद्धता र नयाँ दृष्टिकोणबाट काउन्सिललाई अघि बढाउने कुरामा जोड दिएका छन्।
कार्यक्रममा डा.गुरुशरण साहले काउन्सिललाई चिकित्सक मैत्री बनाउने प्रतिवद्धता गर्नुभयो । उहाँले चिकित्सकका समस्यालाई सजिलो तरिकाले ऐन नियमभित्र बसेर समाधान गरिदिने प्रतिवद्ध गर्नुृभयो ।
डा.अजयसिंह थापाले चिकित्सकले काउन्सिलबाट पाउने सुविधाबाट बञ्चित भएको बताउँदै चिकित्सक दर्ता प्रक्रिया छिटो, सरल र प्रविधिमैत्री बनाउने योजना सुनाउनुभयो ।
त्यस्तै कार्यक्रममा डा.कुन्जाङ शेर्पाले बिरामी चिकित्सकको सम्बन्ध मजबुत बनाउन काउन्सिललाई बलियो बनाउने योजना सुनाउनुभयो ।
साथै बैठकमा भएका कुरालाई कार्यन्वयनमा जोड दिने डा.शेर्पाको भनाइ छ । संवादको सहजिकरण हेल्थ कन्सर्नका अध्यक्ष डा सुवास प्याकुरेलले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले काउन्सिल सोचेजति पारदर्शिता हुन नसकेको बताउनुभयो ।