• १४ जेठ २०८२, बुधबार

खाना बनाउँदा ग्यासले जलेर दाजु बहिनीको मृत्यु

blog

नारद कोहार

तौलिहवा(कपिलवस्तु), जेठ १२ गते । जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझा घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उहाँका दाई २५ वर्षीय शिव कुमार यादव जलेर गम्भीर घाइते भएको बताउनुभयो  ।

घर नजिकै गोठमा रहेको आगो ग्यास लिक भई आगलागी भएको थियो । जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो । सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।

दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।