कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता
नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् ।
प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता
प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रिया दुई राष्ट्रको भ्रमण सकेर बिहीबार बिहान नयाँ दिल्ली आइपुग्नुभएकाे छ ।
पाकिस्तान मुस्लिम लिग–नवाज सरकार चलाउन असमर्थ : राष्ट्रपति जरदारी
पन्जाबमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वले सङ्घीय र प्रान्तीय सरकारहरूसम्बन्धी बैठकमा राष्ट्रपति आसिफ अलि जरदारीसमक्ष गम्भीर चिन्ता व्यक्त गरेको स्रोतहरूलाई उद्धृत गर्दै एआरआई न्युजले बिहीबार बताएको छ ।
म्यान्मारको जुन्ताले ‘मुलुकलाई नष्ट गर्न खोजिरहेको छ’ : संयुक्त राष्ट्रसङ्घीय विशेष दूत
म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।
मोदीको मस्को भ्रमण : रुस-भारतको सहकार्यलाई गहिरो बनाउने तयारी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रुस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
“सुन्दर २२ सय २० दिनहरु स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरु भोकै-प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ ।”
बारामा बस दुर्घटना : १३ घाइते, दुईको अवस्था गम्भीर
बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।
विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ ।
एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै
चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ ।
खोनपुर झोलुङ्गे पुल प्रयोगविहीन
कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर झोलुङ्गे पुल निर्माणका लागि डेढ करोड खर्च भएको छ ।
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ
काठमाडौँ महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको रु. ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।
भारतमा वर्षाजन्य घटनामा २२ को मृत्यु
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव
नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।
बढीपहिरोले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिरोले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।
डुबानमा पुलको निर्माणाधीन संरचना
वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना ।
ग्रामीण सडकको दुरवस्था
भोजपुरको ग्रामीण सडकमा जोखिम मोलेर सवारीसाधन चलाउँदै चालक । वर्षात् भएकाले कच्ची र हिलाम्मे सडकमा सवारी सञ्चालन गर्न र स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।
आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने
आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ ।
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु
दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ ।
सुनको मूल्य तोलामा आठ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।
वैदेशिक रोजगारीमा गएका एकसय ७७ को मृत्यु
बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताउनुभयो ।
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।