• ९ मंसिर २०८१, आइतबार

देउसी खेल्नेलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, १८ जना घाइते

blog

देउसी भैलो खेलिरहेकालाई गाडीले ठक्कर दिएपछि घटनास्थलमा भएको विवाद । तस्बिरः गणेश खनाल

अर्घाखाँची, कात्तिक १९ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतेको सङ्ख्या १८ पुगेको छ। 

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसी भैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।  

बसले भैलो खेलिरहेकालाई ठक्कर दिएकाेमा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।