एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनुभएको एक वर्ष भयो ।
बरंजाको आगादेउ पर्व सम्पन्न
लामो समयदेखि मनाइँदै आइएको पुरानो मध्येको एक पर्व मंगला गाउँपालिका –३ र ४ नम्बर वडाका ५४ कुरिया मगरहरुले विविध विधिसहित आगादेऊ पर्व सम्पन्न गरेका छन् ।
छठपर्वका लागि कुटान पिसान सुरु
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ ।
उराँव समुदायले मनाए सुकराती जतरा
तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् ।
चिडिमार समुदायको पुर्खौली पेसा सङ्कटमा
समयसँगै आएको परिवर्तनले बाँकेको कोहलपुर नगरपालिका –१४, हवल्दारपुरस्थित चिडिमार समुदायको पुर्खौली पेशा संकटमा पर्दै गएको छ ।
एक लाख पचास हजार नगदसहित १४ जना जुवाडे पक्राउ
एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।
अनाथ बालबालिकालाई सहयोग
जापानमा रहेका नेपालीले अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । मकवानपुरको हेटौँडा –१४ स्थित अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि तिहार मनाउन आर्थिक सहयोग गरेका हुन् ।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
साढे आठ लाख नगदसहित १२ जना जुवाडे पक्राउ
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।
जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन
सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।
पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै
जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ ।
वीरगन्जका पोखरी छठ पर्वका लागि सिँगारियो
यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।
कालीगण्डकीबाट १५ लाखको सयपत्री फूल निर्यात
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ ।
‘डेंगुका बिरामीले जथाभाबी एन्टिबायोटिक तथा पेनकिलर नखानु’
नेपालमा केही वर्षदेखि डेंगु सङ्क्रमितको सङ्ख्या र यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ । पहिलो पटक नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सबैभन्दा बढी सन् २०२२ मा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
‘छठ मनाउन सरसापट खोज्नु पर्दैन’
मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन् । दीपावली सकिएलगत्तै अब मङ्गलबारदेखि नै पर्व छठ सुरु हुँदैछ ।
विद्यालय र स्वास्थ्य चौकी पुग्ने सडक कालोपत्रे
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरू जाने सडक कालोपत्रे गर्ने भएको छ ।
छठसँगै खुसी आउँछ डोम समुदायमा
मधेशी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।
भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।
बङ्गलादेशमा डेंगुका कारण एकै दिन १० जनाको मृत्यु
बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य
यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ ।
जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, एक गम्भीर
नेपालगन्ज ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ ।
अर्घाखाँची कार दुर्घटना अपडेट : एक जनाको मृत्यु
अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।