जयकृष्ण यादव
इनरुवा, कात्तिक १९ गते । तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् । सुनसरीको इनरुवा, भोक्राहा नरसिंह १ डुमडा टोला सहितका स्थानमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएका हुन् ।
नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार उराँव समुदायको बसोबास रहेको गाउँठाउँमा सामुहिक रुपमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएको हो ।
सोमबार मात्रै भोक्राहा नरसिंह-१ उराँव समुदायले समुहिक सुकराती जतरा पर्व मनाएको स्थानीय सम्पतलाल उराँवले बताउनुभयो । पूर्वी नेपालमा दसैँको उल्लास, उमङ्ग, रोमाञ्च कार्यक्रम अघि नै करम जतरा मनाएका उराँवहरुले तिहारमा सुकराती जतरा पर्व मनाएको उहाँले बताउनुभयो ।