• २७ वैशाख २०८२, शनिबार

नारायणीले कटान गर्न सक्ने ठाउँमा तटबन्ध बनाउन सांसद कार्कीको आग्रह

blog

अनुगमनमा पुगेका विष्णुकुमार कार्कीलगायत ।

नवलपुर, वैशाख २७ गते । नवलपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य विष्णुकुमार कार्कीले नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख चक्रविक्रम सिंहलाई नारायणीले कटान गर्नसक्ने सम्भावित स्थलमा तत्काल तटबन्ध निर्माण गर्न आग्रह गर्नु भएको छ ।

कावासोती १७ को अमलटारी, मध्यविन्दु–३ ब्रमस्थान, रतनपुर, मध्यविन्दु–२ बलघट्टा, नन्दपुर, सीतापुर, शेहरी लगायत तटीय क्षेत्रको जोखिमयुक्त स्थलको अवलोकन पश्चात् सांसद कार्कीले यस्तो आग्रह गर्नुभएको हो ।

गत असोजमा अमलटारी, बलघट्टा, नन्दपुर, सेहरीमा नारायणी बस्तीमा पसेर जनधनको क्षति पुर्‍याएको थियो । अवलोकनमा क्रममा सांसद कार्कीले बिपतपछि पछुताउनुभन्दा आउन सक्ने बिपतको व्यवस्थापनका लागि पहिले नै चनाखो भएर पूर्व तयारी गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

अवलोकनमा नारायणी नदी नियन्त्रण व्यवस्थापन आयोजना भरतपुरका प्रमुख चक्रविक्रम सिंह, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकाल, स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।