• ८ पुस २०८२, मङ्गलबार

उत्तरी गोरखाको दोभान-जगत सडक सञ्चालनमा

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ स्थित दोभान–जगत सडक ढुङ्गा पन्छाएपछि सञ्चालनमा । तस्बिर साैजन्य : इन्द्र गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, पुस ८ गते । उत्तरी गोखाको बेनीघाट-आरुघाट-लार्के सडक अन्र्तगत पर्ने दोभान-जगत सडक खण्ड पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ । धार्चे गाउँपालिका-३, कालोभीर क्षेत्रमा ठुलो ढुङ्गा खसेपछि पूर्णरूपमा अवरुद्ध बनेको सडक ब्रेकर प्रयोग गरेर ढुङ्गा फुटाउने तथा सरसफाइ कार्य समपन्न भएपछि मङ्गलबारदेखि सडक खुला गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनु भयो । 

धेरैमाथि भीरबाट खसेको ठुलो ढुङ्गाले सडकको बिच भागमा अड्किएपछि सवारी आवगमन ठप्प भएको थियो, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘सुरक्षाका दृष्टिले जोखिमपूर्ण भएकाले सामान्य उपकरणले हटाउन नसकिएको तथा ढुङ्गालाई ब्रेकर प्रयोग गरेर चरणबद्ध रूपमा फुटाएर सडक सञ्चालनमा ल्याइएको छ ।’

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जारी गरेको सुचनामा कठिन परिस्थितीका बाबजुद सुरक्षालाई उच्च प्राथामिकता दिँदै काम गरिएको उल्लेख गर्दै सहयोग गर्ने सबै निकाय र स्थानियवासी प्रति धन्यवाद व्यक्त गर्नु भएको छ । 

हाल सडक एकतर्फी रूपमा सञ्चालनमा आएको र थप जोखिम नदेखिएकासम्म सावधानीपुर्वक सवारी साधन सञ्चालन गर्न अनुरोध गरिएको छ । यो सडक खण्ड धार्चे र चुमनुब्री गाउँपालिका लगायत उत्तरी गोरखावासीलाई सदरमुकाम जोड्ने साथै मनास्लु संरक्षण क्षेत्र पुग्ने मुख्य मार्ग भएकाले अवरोध हटेसँगै स्थानियवासीले राहात महसुस गरेका छन् । 

पाँच दिनको अवरोधका कारण खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानीमा समस्या हुनुका साथै बिरामी तथा आपतकालीन सेवामा समेत कठिनाई उत्पन्न भएको थियो । सडक खुलेसँगै बजार आपुर्ति र दैनिक आवगमनमा क्रमशः सहज हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाले हिउँद वा बर्खायाममा पनि पुन जोखम बढ्न सक्ने भन्दै सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै दिर्घकालिन समाधानका लागि कालोभीर जस्ता जोखिमयुक्त स्थानमा संरक्षणत्माक संरचना निर्माण गर्न प्रदेश सरकार र सङ्घिय सरकारसँग समन्वय भइरहेको पालिका अध्यक्ष गुरुको भनाइ छ । 

स्थानीयवासीले स्थायी समाधान भएमात्र हरेक वर्ष दोहोरिने सडक अवरोधले समस्या अन्त्य हुने बताएका छन् ।