• २४ चैत २०८२, मङ्गलबार

निसी खोलामा महिलाको शव फेला

blog

शवलाई बुर्तिवाङ अस्पताल पठाउने तयारी गर्दै प्रहरी । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, चैत २४ गते ।
पश्चिम बागलुङको निसी खोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिका-४, जैथुम्काको उपल्लो निसी लघुजलविद्युत् आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरीक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

आयोजनाको ओभरफ्लोमा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । शव पहिचान खुल्न सकेको छैन । पोस्टमार्टमका लागि बुर्तिबाङ अस्पताल पठाउने तयारीको गरिएको छ । घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ र हरिचौरको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

निसीखोला–४ का वडाध्यक्ष टिकानिधी पौडेलले महिलाको शव निसी खोला वडा नं. ४ कै हुनसक्ने बताउनुभयो । ‘‘शवलाई अहिलेकै अवस्थामा पहिचान गर्न नसकिए पनि आफ्नै वडाको भएको अनुमान आफन्त र हामीले गरेका छौं’’ पौडेलले भन्नुभयो ।