फिल्म 'जारी'को टिजर सार्वजनिक
वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ ।
रामकृष्ण र अञ्जुको ‘जिम्बु झानेर’
गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’को भिडियो सार्वजनिक गरिएको छ । भिडियो गायक ढकालको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर भएको हो ।
वैशाखमा चलचित्र ‘हल्कारा’
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । चलचित्रले गाउँमा चिठी पु-याउने एक हल्काराका माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ ।
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
रामपुर (पाल्पा), फागुन २ गते । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमिकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रेमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल, खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ । यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउनुहुन्छ । पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु. ५० प्रवेश शुल्क कायम गरिएको छ । पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलसेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृति देख्न सकिन्छ ।विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिँगारेर बनाइएको छ ।
कथासार प्रष्ट्याउने ‘पोस्टर’
‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।
प्रकाशको निर्देशनमा ‘परिचय एउटा कथा’
गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिङ्गी (एलजीबीटीक्यूए)हरूको अस्तित्वको खोज र जीवन सङ्घर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिङ्गीहरूले भोग्नुपरेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ ।
सिड्नीमा नेपथ्यको साङ्गीतिक प्रस्तुति
नेपथ्यले सिड्नीमा साङ्गीतिक प्रस्तुति दिएको छ । शुक्रबार सिड्नीस्थित ‘होडर्न प्याभेलियन’मा साङ्गीतिक प्रस्तुति दिएको हो । कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शक सहभागी रहेको नेपथ्यले जनाएको छ । सिड्नीमा छैटौँ पटक सफलताका साथ नेपथ्यले कन्सर्ट सम्पन्न गरेको छ ।
प्रेमको उत्सव भ्यालेन्टाइन डे
‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’, प्रेम र प्रेमिका दुई शब्दको निखारअनुसार १९औँ शताब्दीदेखि सुरु भएको यो पर्वको मुख्य उद्देश्य भनेको दुई प्रेमिल जोडीले आफ्नो प्रेमप्रति भाव भएको जानकारी दिएर एकआपसमा मिलन हुन सक्ने दिनका रूपमा मानिन्छ । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको । प्रेम गर्न कुनै दिवस आउनुपर्दैन तर आजभोलिका युवाका लागि भने ‘भ्यालेन्टाइन डे’ प्रेमको उत्सव बनेको छ ।
फिल्म 'बहाव'को फस्टलुक सार्वजनिक
सुरक्षा पन्त र कमलमणि नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मको पोस्टरमा सुरक्षालाई देख्न सकिन्छ ।
विवाहको फेसन : पार्टीमा जान भाडामा कपडा
अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत (स्वयम्बर)कालागि लुगा सिलाउन नै भ्याउनुभएन। “साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ” उहाँले भन्नुभयो, “विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहो-याएर लगाउने चलन छैन, त्यसैले पनि भाडामा लिने ठिकै लाग्यो।”
‘लान्छु आज सालीको हात मागेर’ सार्वजनिक
गीतकार हिराकाजी थापाको शब्द सिर्जनामा तयार गीत ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो सार्वजनिक भएको छ ।
महेश र विनीताको 'हल्कारा' वैशाख २९ मा
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ ।
‘हुक्का एन एब्जर्ड ड्रिम’को फर्स्ट लुक सार्वजनिक
आगामी चैत ३ लाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्र्ट लुक सार्वजनिक भएको छ। स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गर्नुभएको चलचित्रमा शम्भु थापाको निर्देशन छ।
फिल्म 'प्रेमा' चैत १७ मा
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्म 'प्रेमा'को टिजर सार्वजनिक भएको छ ।
फिल्म 'बुलाकी'को टिजर सार्वजनिक
फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गर्नुभएको हो ।
सिनेमाघरमा ‘मनसँग मन’ र ‘आँधी तुफान २’
शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। ‘मनसँग मन’ र ‘आँधी तुफान २’ प्रदर्शनमा आएका चलचित्र हुन्। चलचित्र ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको छ। चलचित्रलाई कैलाश राईले निर्देशन गर्नुभएको छ। प्रेमकथा र एक्सन विद्याको चलचित्रमा रवीन्द्र झा र बुद्धि तामाङको पनि अभिनय छ। चलचित्रको एउटा गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासमेत अतिथि भूमिकामा देखिनुभएको छ।
गायक भिष्मको पहिलो गीत ‘अम्खरामा पानी’ सार्वजनिक
लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको स्वर सुन्न सकिन्छ । गायक अधिकारीको स्वरमा यो पहिलो गीत हो । गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ ।
नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा
११औँ नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ। बिहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करण घोषणा गर्नुभयो।
फराज आतङ्कवाद र मानवीय पक्ष समेटिएको चलचित्र
२०१६ जुलाई १ को रमाइलो साँझ। बङ्गलादेशको राजधानी ढाकामा रहेको आर्टिसन क्याफेमा बन्दुक र बमसहित पाँच आतङ्ककारीले आक्रमण गर्दा त्यहाँ रहेका आतङ्कित बने। आतङ्ककारी हमलामा भारतीय महिलासहित २२ जनाको हत्या भएको थियो। निब्रास (आदित्य रावल) इस्लाम खतरामा छन् र काफिरहरूलाई मार्दा उसलाई र उनका साथीहरूलाई जन्नतमा लैजान्छ भन्ने भ्रममा छन् भने फराज आयाज हुसैन (जहान कपुर)लाई इस्लामिक कट्टरपन्थले बन्धक बनाएको छ। यहाँ प्रश्न उठ्छ कि– जब निब्रासले तपाईंलाई के चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उसले भन्छ, “म तपाईंजस्ता मानिसबाट मेरो इस्लाम फिर्ता चाहन्छु।” इस्लामको विषयवरिपरि घुमेको कथा हो– चलचित्र ‘फराज’ ।
ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएन : भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ।
प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयो: मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ।
नाजिर हुसेनको 'मायामा यस्तो किन ?'
अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्यूजिक भिडियो 'मायामा यस्तो किन ?' सार्वजनिक गरिएको छ । विक्रम चौहानले निर्देशन गर्नुभएको भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।
'बरको डाली' को म्यूजिक भिडियो सार्वजनिक
गायक रञ्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा गीत 'बरको डाली'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा खेमराज गौतमको शब्द सङ्गीत तथा एरेन्ज छ ।
चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा
चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।