अस्कर कमिटीले माग्यो नेपाली चलचित्र
९५औँ संस्करणको ‘एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)’मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुला गरेको छ। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले भदौ १६ गतेदेखि भदौ ३० गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ। द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले सन् २०२३ मार्च १२ तारिख आइतबार अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९५औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) प्रदान गरिने जनाएको छ। हरेक वर्ष फेब्रुअरीमा हुँदै आएको ‘अस्कर अवार्ड’ कोरोना महामारीका कारण गत वर्ष दुई महिना पछाडि धकेलिएको थियो। यो वर्ष भने एक महिना मात्र पर सरेको छ अर्थात फेब्रुअरीमा हुँदै आएको अवार्ड मार्चमा हुनेछ।
पारिवारिक जेठानी देवरानीको कथा ‘झिँगेदाउ’
काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो ।
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज
काठमाडौं, भदौ १६ गते । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।
'दुई नम्बरी'को पहिलो गीत सार्वजनिक
काठमाडौं, भदौ १६ गते । चलचित्र 'दुई नम्बरी'को पहिलो गीत सार्वजनिक भएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउने फिल्म को 'झलल आयो तिम्रो याद' बोलको गीत सार्वजनिक गरिएको हो । मेलिना राई र जयन जे.वाइवाको स्वर रहेको गीतमा गायक वाइवाकै शब्द तथा सङ्गीत छ ।निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय छ । यस्तै, भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता हुनुहुन्छ ।
‘प्रकाश’ हेर्ने दर्शक बढे
नेपाली कथानक चलचित्र ‘प्रकाश’ले नेपाली सिनेमा घरमा आफ्नो सो बढाएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दैनिक सो बढाउँदै लगेको छ। चलचित्रको सो थपेपछि अहिले दर्शकको उपस्थिति पनि राम्रो भइरहेको चलचित्र निर्माता महेन्द्र अधिकारीले जानकारी दिनुभयो। प्रदर्शन भएको दिनबाट नै चलचित्र ‘प्रकाश’ले राम्रो सो पाइरहेको थिएन र चलचित्रको निर्माण पक्षले आफ्नो चलचित्रमाथि विभेद भएको भन्दै पत्रकार सम्मेलन गरेर असन्तुष्टिसमेत जनाएका थिए। चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, निर्माता महेन्द्र अधिकारीलगायतले रिपोर्टर्स क्लब पुगेर पत्रकार सम्मेलन गर्नुभएको थियो।
'जमुनीको छोरो'को कथा सुनाउँदै 'ऐना झ्यालको पुतली'
काठमाडौं, भदौ १५ गते । फिल्म ‘ऐना झ्यालको पुतली’को बाल गीत सार्वजनिक गरिएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको हो । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले आवाज दिनुभएको छ । निर्देशक सुवेदीका अनुसार यो गीत उहाँले २०४० सालमा रचना गर्नुभएको थियो । २०४२ सालमै रामेश श्रेष्ठले यसको संगीत गर्नुभएको थियो । रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बाल गीतलाई निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्रयाक(ओएसटी)को रुपमा सार्वजनिक गरेको हो । रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरे जस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताउनुभयो ।‘मैले फिल्म पनि हेरेँ । गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो राम्रो फिल्म बनेको रहेछ । मैले त ज्यादा भन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो । अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ," उहाँले भन्नुभयो, "यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि । हाम्रो उद्देश्य पनि मिल्यो ।"लेखक तथा निर्देशक सुजित बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताउनुभयो ।‘यो गीत मैले सानामा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ । यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ । अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने होस् । किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो," सुजितले भन्नुभयो । बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि संघर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो । फिल्ममा सिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिको अभिनय देख्न सकिन्छ ।
'सुपर डान्सर नेपाल'को अतिथि निर्णायक गोविन्दा
काठमाडौं, भदौ १५ गते । फिजिकल तथा डिजिटल अडिसन र मेगा अडिसन हुँदै हाल ग्रान्ड प्रिमियरको तयारी भइरहेको सुपर डान्सर नेपालको एउटा भागमा भारतीय अभिनेता गोविन्दा पत्नी सुनितासहित सोमा देखिनेछन् । रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युवमार्फत प्रसारण भइरहेको छ । बलिउडका सुपरस्टार अभिनेता गोविन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित हुनुहुन्छ ।गोविन्दा दम्पतीलेसमेत आफू यो सोलाई लिएर उत्साहित रहेको र आगामी दिनमासमेत यस्ता उत्कृष्ट नेपाली सोमा आफूहरुको उपस्थिति रहने कुरामा समेत प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली ज्वाईँको उपमा पाउँदा आफूलाई गर्व हुने साथै ज्वाइँ र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफूहरु बारम्बार नेपाल आउन तयार रहेको बताउनुभएको थियो । देशभरबाट छानिएका सयौँ डान्सर भाइबहिनीबाट छानिएका सुपर १२ प्रतिस्पर्धी छानिसकिएको र अबको हप्ताबाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ । मङ्सिर दोस्राे हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्नेछ। कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युबमार्फत यो सो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भइरहेको छ।
ठीकठाक ‘लाइगर’
साउथ सुपरस्टार विजय देवरकोंडाले चलचित्र ‘लाइगर’मार्फत बलिउड चलचित्रमा डेब्यु गरेका छन् । उनीसँगै बलिउड अभिनेत्री अनन्या पाण्डे पनि चलचित्रमा देखिएकी छिन् । चलचित्रलाई पुरी जगन्नाथले निर्देशन गरेका हुन् । पुरीले यसअघि सलमान खानको वान्टेडको मूल साउथ चलचित्र पोकरी निर्देशन गरिसकेका छन् । चलचित्रले आमा बालामणि (रमैया कृष्णन) र छोरा लाइगर (विजय देवरकोंडा)को अनौठो सम्बन्ध देखाउँछ । बालामणि आफ्नो मृत्यु भइसकेका श्रीमान्को अन्तिम इच्छाअनुसार आफ्नो छोरालाई विश्वभर (मार्सल आर्ट)मार्फत चिनाउन चाहन्छिन् । यता लाइगर भने आफ्नी आमाले चाहेअनुसार गर्न सकिरहेका हुँदैनन् । चलचित्रमा आमालाई धेरै शक्तिशाली देखाइएको छ भने आमा आफ्नो छोरालाई पनि शक्तिशाली बनाउन चाहन्छिन् । उनी सधैँ आफ्नो छोरालाई केही न केही राम्रा–राम्रा कुरा गरेर हौसला दिइरहेकी हुन्छिन् ।
राधाको प्रदर्शनी रोकियो
काठमाडौं, भदौ १४ गते । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरूले अन्याय गरेको उनीहरूको आरोप छ। शुक्रबार ४५ सो पाएको चलचित्रले शनिबार ५० सो र तीजको दिन ५५ सो भन्दामाथि पाउने आस गरे पनि अपेक्षाकृत रूपमा हलले सो नदिएको उनीहरूको आरोप छ। नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलले प्रदर्शनको समय नदिएको उनीहरूको गुनासो छ। पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरूले दर्शक जाँदाजाँदै पनि सो घटाएर अन्याय गरेको बताउनुभयो। उहाँले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शक आइरहेको बेलामा सो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताउनुभयो। आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही सोहरू बढाएको बताउनु भयो। त्यस्तै अभिनेता सौगात मल्लले हलले सो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताउनुभयो। अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताउनुभयो। उहाँले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताउनु भयो। सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टीबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ। फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्शनको एसोसिएसनमा निर्माण भएको हो। फिल्म वीरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह-निर्माता रहेका छन्। फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ।
महिला स्वतन्त्रताको प्रदर्शन गर्ने दिन तीज
तीज पर्व भन्नासाथ हामी चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरका रूपमा बुझ्छौँ । यस अवसरमा चेलीहरू माइत जान्छन् । रातो, हरियो, पहेँलो रङको पहिरनमा सजिएर उपवास बसेर नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्छन् । हरेक वर्ष भाद्र शुक्लपक्ष तृतीयाका दिन महिलाहरूले हरितालिका तीज धुमधामका साथ मनाउने गर्छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने ज्योतिष डा. सुनिल सिटौलाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि यो व्रत बस्ने गर्छन् । अविवाहित महिलाहरू भने आफूले चिताएजस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्ने गर्छन् ।”
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
'तिमी नै तिमी' गीत सार्वजनिक
काठमाडौं, भदौ १३ गते । गायक दीपक लिम्बूको नयाँ गीत 'तिमी नै तिमी' सार्वजनिक गरिएको छ। सङ्गीतकार तारा प्रकाश लिम्बूको सङ्गीत रहेको 'तिमी नै तिमी' गीतको रचना नवीन थेबेको छ। गायक राजेश पायल राईको चर्चित गीत 'बल्ल भेट भो आदाङ्गबे'का रचनाकार नवीन थेबेको रचनामा लामो समयपछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दीपक लिम्बूको अभिनय रहेको भिडियो दीपक गजमेरले छायाङ्कन तथा सम्पादन गर्नुभएको हो ।
गाउँको पारिवारिक कथा नाटक ‘असुर’
ओजस थिएटरमा भदौ १५ बाट नाटक ‘असुर’ मन्चन हुने भएको छ। सो नाटकलाई विवेक न्यौपाने (घने)ले निर्देशन तथा रविन दोङले लेख्नुभएको हो। ‘असुर’ एउटा गाउँको पारिवारिक कथा हो, जसमा एकै परिवारका दुई पुस्ताको विचार मिल्दैन। गाउँमा कोही पुरानो सोचको प्रतिनिधित्व गर्छन् भने कोही नयाँको। असुर एउटा शक्ति भोको पात्र पनि हो। जो शक्ति प्राप्त गर्नका लागि जे पनि गर्न तयार हुन्छ। उसले कहिले देवताको रूप धारण गर्न सक्छ भने कहिले दानव पनि बन्न सक्छ। हाम्रो समाजको वरपर पनि यस्ता पात्रहरू छन् त ? यही प्रश्नको निचोड हो नाटक ‘असुर’ । यिनै कुराहरूको वरपर घुमेको छ नाटक। नाटकले उत्पिडित वर्गको पीडाहरूलाई देखाउन खोजेको छ। क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै नाटकको मुख्य अभिप्रायः हो।
नेवार समुदायमाथि आघात पुर्याएको आरोपमा कमेडियन सिंह पक्राउ
काठमाडौं, भदौ १२ गते। कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो। विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाउनुभएको छ । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धानका लागि सिंहलाई म्याद थप गरेर प्रक्रिया अगाडि बढाउने मैनालीको भनाइ छ।
‘झिँगे दाउ’ भदौ १७ मा
काठमाडौं, भदौ १२ गते । चलचित्र ‘झिँगे दाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय छ । फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
तीजले विकृति पनि फैलायो, यो रोक्नुपर्छ
नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।
महँगो पर्व बन्दै तीज
महिलाहरूको महान् चाड तीजको रौनक बढ्दो छ। केही वर्ष कोरोनाले निराशापूर्ण बनाएको यो चाड अहिले महिलाहरू धुमधामले मनाउन थालेको पाइएको छ। विशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनुपूर्व नै दर खान सुरु गरिसकेकाले यसमा थप रौनक देखिन थालेको छ भनेर अर्कोतर्फ केही दिनअगावैको तडकभडकले तीजको असली संस्कृति उनीहरूले बिर्सन थालेका हुन् कि भन्ने जस्तो पनि देखिन्छ।
चलचित्र 'महापुरुष'को 'बा' गीत सार्वजनिक
काठमाडौं, भदौ ११ गते । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र 'महापुरुष'को पहिलो गीत सार्वजनिक गरिएको छ । बाबुको मुख हेर्ने दिनको अवसरमा आज ‘बा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा नवराज पराजुलीको शब्द र रिदम कँडेलको संगीत र स्वर रहेको छ । गीतको भिडियोमा हरिवंशसँगै रविन्द्र सिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्रीको अभिनय रहेको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’ प्रदीप भट्टराईले निर्देशनमा बनेको चलचित्र हो । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणकासाथै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।चलचित्रमा कालीप्रसाद बाँस्कोटा/रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
'छड्के २'को फस्टलुक सार्वजनिक
काठमाडौं, भदौ ११ गते । नेपाली चलचित्र 'छड्के २'को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अनमोलको ग्याङस्टार रुप देख्न सकिन्छ । चलचित्रमा रविन तामाङ्ग र कमलमणी नेपाल पनि देख्न सकिन्छ । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मका निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता हुनुहुन्छ ।
सोफिया बन्नुभयो मिस युनिभर्स नेपाल २०२२ को विजेता
मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल हुनुभएको छ ।
सुनील पुनः रिङ्कु भाउजूको भूमिकामा
सुनील ग्रोवरलाई देखेपछि उनका फ्यानको अनुहारमा हाँसो झल्कन्छ। उनले ‘द कपिल शर्मा सो’मा रिङ्कु भाभी र गुलाटीका लागि डा. मसुर गुलाटीको भूमिका निभाएका थिए तर पाँच वर्षअघि उडानमा कपिल शर्मासँग सुनील ग्रोवरको ठूलै झगडा भएको बताइन्छ। त्यसपछि उनले कपिलको सोलाई बाइबाई भनेका थिए। धेरै वर्षपछि जब सुनिल ग्रोवर टीभीमा फर्के, उनले अर्चना पुरन सिंह र शेखर सुमनको सो ‘द ग्रेट इन्डियन लाफ्टर च्याम्पियन’मा ‘डाक्टर मसुर गुलाटी’को भूमिकामा दर्शकलाई हसाउने मौका पाए । ‘डाक्टर मसुर गुलाटी’पछि सुनील ग्रोवर अब ‘रिङ्कु भाभी’को भूमिकामा देखिने भएका छन् ।
‘तीज विशेष कार्यक्रम’
सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बुधबार राजधानीमा आयोजित ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो।
चलचित्रमा ‘सरोगेसी’ कथा
नेपालमा सरोगेसीमा केन्द्रित रहेर निकै कम चलचित्र प्रदर्शनमा आएका छन्। केही वर्षअघि निर्देशक अमरदीप सापकोटाले सरोगेसीको कथा उठान गरेर ‘कारखाना’ नामक चलचित्र ल्याएका थिए। चलचित्र कारखाना दर्शकमाझ खासै जम्न सकेन र त्यसपछि सरोगेसीको कथामा चलचित्र खासै निर्माण पनि भएनन्। धेरै वर्षको अन्तरालपछि रञ्जित रौनियार निर्देशित डेब्यु चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनमा आएको छ। चलचित्रले सरोगेसीको कथावस्तु बोकेको छ। एउटा आमाले आफ्नो कोख नौ–नौ महिना कसरी अरूका लागि भाडामा दिन सक्छिन् भन्ने कुरा चलचित्रमा प्रस्ट्याइएको छ।
नजिकिँदै तीज : टाढिदै मौलिकता, मौलाउँदै विकृति
नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।