रणवीर र श्रद्धाको कमेडी ‘तू झुठी मैं मक्कार’
रणवीर कपुर र श्रद्धा कपुर अभिनीत बलिउड चलचित्र ‘तू झुठी मैं मक्कार’ रोमान्टिक कमेडी विधाको चलचित्र हो । चलचित्रलाई लव रञ्जनले निर्देशन गर्नुभएको हो । यसअघि लव रञ्जनले ‘प्यार का पञ्चनामा’ र ‘सोनु के टिटु की स्विटी’ जस्तो उत्कृष्ट रोमान्टिक कमेडी चलचित्र बनाइसक्नुभयो । चलचित्र ‘ये जवानी है दिवानी’ को नौ वर्षपछि रणवीर कपुर रोमान्टिक कमेडी चलचित्रमा देखिनुभएको छ ।
गायक रबिनको ‘कति कुरा यस्ता हुन्छन्’को भिडियो
गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक
चैत १७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा कलाकार सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्काको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोमा कलाकारको आकर्षण बढ्दो
केही वर्षयता नेपाली कलाकारका लागि राम्रो आम्दानीको बाटो बनेको छ, म्युजिक भिडियो । महानायक राजेश हमालदेखि अहिलेका चल्तीका नायक दयाहाङ राईसम्मलाई म्युजिक भिडियोको स्वादले छोइसकेको छ । केही वर्षअघि महानायक हमालले पत्नी मधु भट्टराईसँग ‘जिन्दगी’ बोलको गीतमा पहिलो पटक मोडलिङ गर्नुभएको थियो । उक्त म्युजिक भिडियो चल्यो चलेन, त्यो आफ्नो ठाउँमा छ तर महानायक र पत्नी भट्टराईको भिडियोले चर्चा भने राम्रै कमाएको थियो । त्यसपछि महानायकले गायक भीम चापागाईंको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा अभिनय गर्नुभयो । उहाँलाई उक्त म्युजिक भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले साथ दिनुभएको थियो। यसरी चलचित्रमा एकदमै कम काम गर्छु भन्ने महानायक अहिले म्युजिक भिडियोमा धमाधम देखिन थाल्नुभएको छ ।
सुरक्षा र मानव विवाह बन्धनमा
अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँले अभिनेता मानव सुवेदीसँग विवाह गर्नुभएको हो ।
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ ।
बलिउड अभिनेत्री चोपडाको वेब सिरिज ‘सिटाडेल’
प्रियङ्का चोपडा जोनस अभिनीत बलिउड वेब सिरिज सिटाडेलको ट्रेलर रिलिज भएको छ । प्राइम भिडियोमा रिलिज भएको यो सिरिज एउटा जासुस शृङ्खला हो, जसलाई छ भागमा परिमार्जित गरिएको छ । शृङ्खलाका निर्माताहरू रुसो ब्रदर्स हुन् । सिटाडेलको पहिलो दुई एपिसोड अप्रिल २८ मा प्रदर्शन गरिनेछ भने मे २६ देखि हरेक हप्ता नयाँ एपिसोड रिलिज हुँदै छ ।
नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ
महिला कलाकारले विभिन्न कार्यक्रममा सहभागिता जनाएर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । धैरैले समाजिक सञ्जालमार्फत सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना पनि दिनुभएको छ । आफूले प्रत्यक्ष सहभागिता जनाउन नपाए पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको नायिका श्वेता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलाई हरेक दिन नारी दिवसजस्तै लाग्छ । जहाँ नारीको सम्मान हुन्छ त्यो घर, समुदाय, राष्ट्र राम्रो हुन्छ । त्यसैले नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ ।”
फिल्म 'जुलेबी'को फस्टलुक सार्वजनिक
फिल्म ‘जुलेबी’ को फस्टलुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर फष्टलुकको रूपमा ल्याएको हो ।
गायक लामाको स्वरमा ‘हरियो भन्नुु’
जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नुु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । मङ्गोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिलाभन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलका लागि गीतकार मन्दिरा ढुङ्गेलले शब्द रचना गर्नुभएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
राजनीतिक दाउपेच चलचित्र ‘छक्का पञ्जा–४’
पछिल्लो समय नेपाली चलचित्र उद्योगले निकै राम्रा चलचित्र दर्शकमाझ पस्कन थालेको छ । प्राविधिक हिसाबले नेपाली चलचित्रको स्तरमा निकै सुधार आएको अनुभव गर्न सकिन्छ तर चलचित्रको कथावस्तुमा भने अझै पनि आशा गरिएको जस्तो सुधार देखिँदैन । हालै प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–४’प्रति दर्शकको निकै ठूलो आशा थियो । दर्शकको आशा निराशामा बदलिएको छ । छक्का पञ्जाको तीनवटै सिक्वेल हेरेका दर्शकले ‘छक्का पञ्जा–४’ मा अझै सुधारको अपेक्षा गरेका थिए तर दर्शकले चलचित्रमा सोचेजस्तो सुधार पाएनन् ।
'छक्का पन्जा ४'को 'सिरूपाते जुँगामा' गीत सार्वजनिक
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा ४' को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
फासविन्डर र उनको अली
न्यु जर्मन सिनेमाका महान् हस्ती फासविन्डरका चलचित्र नहेर्ने या नामसम्म नसुन्ने फिल्म पारखी नहोलान् संसारमा । आर्ट सिनेमा र फासविन्डर एकअर्काका पर्यायजस्तै हुन् । १९६०
फिल्म 'दिलमाया २'को टिजर सार्वजनिक
प्रेम कथामा आधारित फिल्मको टिजरमा कलाकार किरण नेपाली र सेन्जल पौडेल फिचर्ड हुनुहुन्छ ।
उत्साह र उमङ्गको पर्व होली
रङहरूको पर्व होली आज धूमधामका साथ मनाइँदै छ । यो पर्वले हाम्रा कलाकारहरूलाई नछुने कुरै भएन । प्रायः कलाकारले होलीलाई भेटघाट, रमाइलो र थकान मेटाउने बहानाका रूपमा लिने गर्नुभएको छ । होलीको दिन विभिन्न मिडिया हाउसमा हुने होली कार्यक्रमले कलाकारलाई व्यस्त त बनाउँछ नै साथै साथीभाइबीच रङ छ्यापाछ्याप गर्न रुचाउने धेरैजसो कलाकार लोला हानेको भने त्यति मन पराउनु हुन्न ।
फिल्म 'प्रसाद २'को ट्रेलर
चैत २४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको हो ।
पैसा सापटी गीत सार्वजनिक
लोकप्रिय लोकगायक बद्री पङ्गेनीले सामाजिक विषयमा तयार पारेको १७ मिनेट लामो गीत सार्वजनिक भएयता १० लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापता हुने विषयको गीतमा गायिका रचना रिमालको साथ रहेको छ।
कुमार शिवाकोटीको 'भिझाएर आँशु'
सेन्टिमेन्टल भर्सनको 'भिझाएर आँशु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘हामीले टिकटकलाई प्रतिभा उजागर गर्ने माध्यम बनायौँ’
केही वर्षयता सामाजिक सञ्जाल टिकटक अचेल भने हरेक उमेर समूहमा लोकप्रिय बन्दैछ ।
चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कसले बाजी मार्ला!
नेपाली चलचित्र भन्नेबित्तिकै टाढा भाग्ने दर्शक अहिले नेपाली चलचित्रबारे मन खोलेर बोल्न थालेका छन्। यसको अर्थ यो पनि हो कि केही महिनादेखि नेपाली चलचित्रको बजार माथि उक्लने क्रममा देखिएको छ। यसको ज्वलन्त उदाहरण हो, फागुन १९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ ।
देउडा गीतमार्फत मनोरञ्जन र सचेतना
बाजुराका दत्त मल्ल र हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका देउडा गायक अक कार्कीबीच गीतमार्फत घम्साघम्सी परेको छ । दुई देउडा गायकले स्थानीयलाई मनोरञ्जन दिनुका साथै आफ्ना सिर्जना बाहिर ल्याउनुभएको हो ।
बलिउड अभिनेत्री सेनलाई हृदयाघात
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ । ४७ वर्षीया सुस्मिताले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मार्फत आफूलाई हृदयाघात भएको जानकारी दिनुभएको हो । उहाँले आफूलाई ‘एन्जियोप्लास्ट’ गरिएको पनि जनाउनुभएको छ ।
गायक रमण र अस्मिताको ‘मुखै चिलाउनी’मा पुष्प र गीता
गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ।
इनरुवा महोत्सवको आकर्षण कलाकार
इनरुवा नगरपालिकामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिले दर्शक उत्साहित भएका छन्।