• ९ मंसिर २०८१, आइतबार

बलिउड अभिनेत्री चोपडाको वेब सिरिज ‘सिटाडेल’

blog

मुम्बई, फागुन २५ गते ।  प्रियङ्का चोपडा जोनस अभिनीत बलिउड वेब सिरिज सिटाडेलको ट्रेलर रिलिज भएको छ । प्राइम भिडियोमा रिलिज भएको यो सिरिज एउटा जासुस शृङ्खला हो, जसलाई छ भागमा परिमार्जित गरिएको छ । शृङ्खलाका निर्माताहरू रुसो ब्रदर्स हुन् । सिटाडेलको पहिलो दुई एपिसोड अप्रिल २८ मा प्रदर्शन गरिनेछ भने मे २६ देखि हरेक हप्ता नयाँ एपिसोड रिलिज हुँदै छ ।

सिरिजलाई रुसो ब्रदर्सका एजीबीओ र डेभिड वेइलले निर्माण गर्नुभएको हो । प्रियङ्कासँगै स्टेनली टुची, लेस्ली मेनभिल र रिचर्ड म्याडेन सिरिजको भूमिकामा देखिँदै हुनुहुन्छ ।  सिरिज  हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । सिटाडेलको ट्रेलर गत साता रिलिज हुने भनिएको थियो तर ग्रिसमा भएको रेल दुर्घटनाका कारण स्थगित भएको थियो ।

सिटाडेल नामको विश्वव्यापी जासुसी एजेन्सी आठ वर्षअघि पूर्ण रूपमा ध्वस्त भएको थियो । यो एजेन्सीले मानिसको सुरक्षा ग-यो तर म्यान्टिकोरले यसलाई नष्ट ग-यो । यो एक शक्तिशाली सिन्डिकेट हो, जसले सारा संसारलाई आफ्नो औँलामा नाचाउँछ । मेसन केन (रिचर्ड म्याडेन) र नादिया सिंह (प्रियङ्का चोपडा जोनास), सिटाडेलको विनाशको समयमा शीर्ष एजेन्टहरू, आफ्नो जीवन बचाउन सफल भए र यसलाई बिर्सेर नयाँ पहिचानका साथ बाँच्न सफल भए तर एक रात सबै कुरा परिवर्तन हुन्छ जब बर्नार्ड ओर्लिक जसले पहिले सिटाडेलमा मेसनसँग काम गरेका थिए, उसलाई उनले ट्र्याक गर्छन् । मेसनलाई म्यान्टिकोर रोक्न नादिया चाहिन्छ । त्यसपछि नयाँ मिसन सुरु हुन्छ । यस शृङ्खलामा मेसन केनको रूपमा रिचर्ड म्याडेन, नादिया सिंहको रूपमा प्रियङ्का चोपडा, जोनास, बर्नार्ड ओर्लिकका रूपमा स्टेनली टुच्ची, डाहलिया आर्चरका रूपमा लेस्ली म्यानभिल, कार्टर स्पेन्सका रूपमा ओसी इखिल, एबी कोनरोका रूपमा एस्ले कमिङ्ग्स, रोल्यान्ड मोलरले एन्डर्स सिल्जे र डेभिक सिल्जेको रूपमा, कालिनको रूपमा अभिनय गर्नुभएको छ । स्प्रिन्जेल हेन्ड्रिक्स कन्रोयको भूमिकामा हुनुहुन्छ ।

सिटाडेल शृङ्खला एक ब्रह्माण्डको रूपमा विकसित भइरहेको छ, जसमा विश्वका धेरै देशका कथा समावेश छन् । अलग सिटाडेल सिरिजको निर्माण इटाली र भारतमा सुरु भइसकेको छ । इटालियन सिरिजमा माटिल्डा डे एन्जेलिस र भारतीय सिरिजमा वरुण धवन र सामन्था रुथ प्रभु मुख्य भूमिकामा हुनहुन्छ । एजेन्सी