• २४ चैत २०८२, मङ्गलबार

‘मिठो संसार’ सार्वजनिक

blog

काठमाडौँ, चैत २४ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ ।

जयन जे बाइवाको शब्द, सङ्गीत रहेको गीतमा स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतका कलाकार देखिनुभएको छ । चलचित्रका लेखक तथा निर्देशक यम थापाले गीतमा आमा र छोरीबिचको प्रेम देखाइएको छ ।