'छक्कापञ्जा ४' को पहिलो गीत 'दर्शन सलाम' सार्वजनिक
फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।
दुई मिनेटको रोल अझै चुनौतीपूर्ण छ : अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्काले कुनै पनि फिल्ममा आफूलाई समयभन्दा क्यारेक्टरले अर्थ राख्ने बताउनुभएको छ ।
फिल्म 'मनसँग मन'को ट्रेलर सार्वजनिक
कैलाश राईको निर्देशनमा बनेको फिल्म 'मनसँग मन' को ट्रेलर सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने
चलचित्र पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताउनुभएको छ ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।
प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।
फिल्म 'ह्यारीकी प्यारी'को गीत 'दम दम' सार्वजनिक
फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ ।
सुवेदीको निर्देशनमा ‘सतीदेवी’ बन्दै
चलचित्र ‘सतीदेवी’ बन्ने भएको छ । चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहनेछ ।
धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा नौ जना घाइते, कार्यक्रम स्थगित
धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्।
सर्ट फिल्म 'किन' सार्वजनिक
सर्ट फिल्म ‘किन’ सार्वजनिक भएको छ ।
'डिसेम्बर फल्स-२' घोषणा
फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो शृङ्खला निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मको दोस्रो शृङ्खलाको छायाङ्कन चैत महिनादेखि सुरु हुने भएको छ ।
रञ्जितको गीति एल्बम ‘मतिनाया गल्ली’ सार्वजनिक
वरिष्ठ गायक ई. जुजुकाजी रञ्जितको एकल स्वरमा गीति एल्बम ‘मतिनाया गल्ली’ शुक्रबार रुसी सांस्कृतिक केन्द्रमा विमोचित भएको छ ।
‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने
‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता आयोजना हुने भएको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त हुने सो प्रतियोगिता चलचित्र निर्माण रुचि भएर चलचित्रकर्मीलाई लक्षित गरी आयोजना गरिएको बताइएको छ । यस प्रतिस्पर्धामा चलचित्र निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने आयोजकले जनाएको छ । नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका लागि सर्ट फिल्म प्रतियोगिता गतिलो प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।
‘बिहे पास’ वैशाखमा
दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने चलचित्रको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिनुभएको छ।
कथा कम एक्सन धेरै चलचित्र पठान
बलिउडका किङ खान अर्थात् शाहरूख खान अभिनीत एक्सन क्राइम विधाको चलचित्र ‘पठान’का बारेमा जति चर्चा सुनिएको थियो चलचित्र भने चर्चाअनुसारको पाइएन। केवल रमाइलो र एक्सन मन पराउनेका लागि चलचित्र एकदमै राम्रो छ। दर्शकले चलचित्रभित्र कथा खोज्न थाले भने त्यो दर्शक मूर्ख कहलाउँछ। त्यसैले पनि यो चलचित्र हेर्दा खासै दिमाग खियाउनुपर्ने कुनै अवस्था छैन। यो सत्य हो कि चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हलमा बाँधेर राख्ने काम अवश्य गर्छ। चलचित्रको एक्सन, संवाद, सङ्गीत भने गजबको छ। पठानमा, जो एक (रअ)का एजेन्ट हुन् र उनी सधैँ आफ्नो देशका लागि जीवन बलिदान दिन पनि तयार हुन्छन्। चलचित्रमा भिलेनको भूमिकामा देखिएका जिमले आफ्नै देशका दुस्मनहरूसँग हात मिलाउँछन्। चलचित्रमा अभिनेत्री दीपिका पनि जासुस हुन्छिन्। जोन एक खतरनाक
पठानको बम्पर ओपनिङ, भारतमा पहिलो दिन ५७ करोड कमाइ
शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५७ करोड भारुको बम्पर ओपनिङ गरेको छ । जसमध्ये ५५ करोड रुपियाँ हिन्दी संस्करणबाट र बाँकी २ करोड डब तमिल र तेलुगु संस्करणबाट रहेको छ ।
धीरज मगरको 'ज्याकी : आईएम ट्वान्टी वान' वैशाख २१ मा
अभिनेता धीरज मगर अभिनीत फिल्म 'ज्याकी : आईएम ट्वान्टी वान' आगामी वैशाख २१ गते रिलिज हुने भएको छ ।
नाजिर हुसेनको 'गुलाबी : एक रङ'
नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनीत फिल्म 'गुलाबी : एक रङ'को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनीले फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
म्युजिक भिडियो सहित 'लोसार मेला' बजारमा
हिमाली बौद्धमार्गीहरुले मनाउने लोसार पर्वको अवसर पारेर 'लोसार मेला' बोलको गीत बजारमा ल्याएको छ । लोसार पर्व उत्सवका क्रममा मेलाहरू पुगेर माया लगाउने गीतको मुख्य बोल रहेको छ ।
विवाहको सिजनमा शृङ्गार
माघ महिना विवाहको सिजनमा सुन्दर र व्यक्तित्वमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेकअप (शृङ्गार) अनिवार्य हुनुपर्छ। ब्युटिपार्लर जान सबै समर्थ हुँदैनन्। हामीले घरमै बसेर पनि पार्लरको जस्तै मेकअप गर्न सकिन्छ। मेकअप अनुहार, हाइट, शारीरिक बनावटका आधारमा गरिन्छ। घरमै मेकअप गर्नका लागि शृङ्गारका सामान जुटाउनुपर्छ, जुन बजारमा सजिलै उपलब्ध हुन्छ। मेकअपका लागि चाहिने साम्रगीमा क्लिनजर, सनब्लक, मोइस्राइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आइलाइनर, गाजल, मस्कारा, आइस्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आइल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपिस्टिक, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी आदि–इत्यादि चाहिन्छ।
सुन्दर दोलखा विमोचित
लोकदोहोरी गायक असीमकुमार कटुवालको ‘सुन्दर दोलखा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्रमार्फत वर्णन गरिएको भिडियो कटुवालले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्नुभएको हो। प्रदीप परियारको शब्द, गायक कटुवालको सङ्गीत र विष्णु तमाङको एरेन्जमा गीतको भिडियो तयार भएको हो। भिडियोमा कुमार सुनेल, जुना कार्की, कविता महत, दीप खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। गीतलाई निरेन श्रेष्ठले निर्देशन गर्नुभएको छ।
सलमान खानको 'किसीका भाइ किसीकी जान'को टिजर सार्वजनिक
बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ ।
'नीफ'मा ३५ देशका ९५ चलचित्र प्रतिस्पर्धामा
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा यो वर्ष ३५ देशका ९५ वटा चलचित्रहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको हो ।