काठमाडौँ, असार ३ गते । ब्रिज इन्टरनेशनलको १०औँ वार्षिकोत्सवको अवसरमा असार ७ गते ब्रिज डिकेड कप मैत्रीपूर्ण क्रिकेट हुने भएको छ ।
युकेस्थित डेवाइजिस क्रिकेट मैदानमा ब्रिज–११ र डेभिज क्रिकेट क्लबबिच हुने प्रतियोगिता चर्चित क्रिकेटर सन्दीप लामिछानेको नेतृत्वमा हुनेछ ।
मैत्री खेलबाट जुट्ने रकम नेपालका अनाथ बालबालिकाको सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ । सन्दीप ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडरसमेत हुनुहुन्छ ।
ब्रिज इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले कम्पनीको दशक लामो सफलतासँगै सामाजिक उत्तरदायित्वको सन्देश बोकेर क्रिकेट खेल आयोजना गरिन लागेको बताउनुभयो ।
मैत्रीपूण खेलका संयोजक विज्ञान कार्कीले प्रतियोगिता नेपाली डायस्पोरा, खेलप्रेमी र स्थानीय समुदायबिच आपसी सम्बन्ध सुदृढ बनाउन उपयोगी बन्ने बताउनुभयो । कार्कीले भन्नुभयो, ‘‘ यो खेल प्रतिस्पर्धाभन्दा बढी आपसी स्नेह र सहयोगको उदाहरण बन्नेछ ।’’