• ४ असार २०८२, बुधबार

स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपालः पाँचौ ओभरमा लियो पाँचै विकेट

blog

काठमाडौँ, असार ३ गते। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोज्नुभएको हो। नेपालले स्कटल्यान्डविरुद्ध कसिलो बलिङ गरेको छ। पाँचौ ओभरको समाप्तिमा नेपालले पाँच विकेट हात पारेको छ। स्कटल्याण्डले २४ रन बनाउँदा पाँच विकेट गुमाएको हो। नेपालका लागि करण केसीले दुई विकेट हात पर्नुभयो भने दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एकएक विकेट हात पर्नुभयो। 

नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। अन्तरराष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो खेल हो।

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ। स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो।


नेपालले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोे पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो।