‘आयो है ल्होछार’ सार्वजनिक
गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ‘आयो है ल्होछार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार दोङकै शब्द र सङ्गीत, जोगलाल लामाको सङ्गीत संयोजन, अर्पण थिङको मिक्सिङ र विनोद लामाको छायाङ्कन रहेको छ। अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको गीत डोल्मो घिसिङ तामाङले निर्माण गर्नुभएको हो।
नेपथ्यको अस्ट्रेलिया यात्रा
लोकरक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको साङ्गीतिक यात्रा गर्ने भएको छ। यात्रामा नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दै छ। नेपथ्य ‘म्युजिक फर ह्युम्यानिटी’ अस्ट्रेलिया टुर २०२३ नाम दिइएको साङ्गीतिक यात्रा डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’बाट प्रारम्भ हुनेछ। चौथो प्रस्तुतिका लागि अस्ट्रेलियाकै केन्द्रीय राजधानी क्यानबेरामा पुग्नेछ।
रातभर जाग्राम बस्ने मेला
माघेसङ्क्रान्ति मेला हुम्लावासीले कर्णाली र दोजाम कर्णाली नदीको दोभानमा रातभरि जाग्राम बसेर मनाएका छन्। उनीहरूले रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको परवाह नगरी माघेसङ्क्रान्ति मनाएका हुन्।
फिल्म 'भगवत् गीता'मा विपिन कार्की अनुबन्धित
झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ ।
बेनीमा नृत्य प्रतियोगिता
जनजाति समुदायको पुख्र्यौली नृत्यको संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउने उद्देश्यले बेनीमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको छ। बेनीमा जारी सातौँ म्याग्दी महोत्सवका अवसरमा पुख्र्यौली नृत्य प्रतियोगिता गरिएको हो। नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको पुख्र्यौली समूह विजयी भएका छन्। प्रतियोगितामा विभिन्न चार समूहले सहभागिता जनाएकामा कालफडाँडाको पुख्र्यौली समूह प्रथम हुन सफल भएका हो।
हसनालाई मिस नेवाः वर्ल्डको उपाधि
मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डङ्गोलले हात पार्नुभएको छ। राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डङ्गोलले ताज आफ्नो नाममा पार्न सफल हुनुभएको हो।
जनावरको अधिकारमा आधारित चलचित्र लकडबग्घा
पशुप्रेमीहरूको जीवनमा जनावरको महत्त्व कति हुन्छ भन्ने कुरा चलचित्र ‘लकडबग्घा’ देखिन्छ। एक्सन, थ्रिलर र इमोसनले भरिपूर्ण चलचित्रमा ‘लभ सेक्स और धोखा’मा अभिनय डेब्यु गर्न लागेका कलाकार अंशुमान झा ‘लकडबग्घा’मा पनि देखिएका छन्। मुख्य भूमिकामा रहेका उनले चलचित्रमा अभिनय गर्नका लागि मार्सल आर्टको तालिम लिएका थिए र त्यो कुरा उनले चलचित्रमा देखाएका छन्।
चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग
नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो ।
राजकुमार र निर्मला घिसिङको 'आयो है ल्होछार'
गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत 'आयो है ल्होछार' बोलको गीत बजारमा आएको छ ।
युवामाझ लोकप्रिय हनुमान नाच
बेनीका १३ वर्षीय अप्रिम श्रेष्ठले हनुमानको भेषमा सजिएर ‘हनुमान नाच’ नाच्नुभयो । अप्रिमका लागि हनुमान नाच पहिलो अनुभव थियो ।
लोकगायिका नीराको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।
टिकटकले जितायो तीसहजार देखि डेढ लाख रुपियाँ
४४ सेकेन्डको टिकटकमा आफ्नो प्रतिभा देखाउने १५ जनाले नौ लाख रुपियाँको पुरस्कार पाएका छन् । नेपालमा केही वर्षयता निर्माण तथा अनलाइन सपिङ गरिरहेको एसवाई बजारले आयोजना गरेको एसवाई बजार जिंगल टिकटक प्रतियोगितामा नेपालका १५ जना टिकटकरले प्रतिव्यक्ति तीसहजारदेखि डेढ लाख रुपियाँसम्म पुरस्कार जितेका छन् ।
‘मुटुभित्र देश छ’ सार्वजनिक
गीतकार तथा कलाकार स्पन्दन विनोदको ‘मुटुभित्र देश छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ । कमल अधिकारीको सङ्गीत संयोजन रहेको गीतमा पूजन मिश्रले आवाज दिनुभएको छ ।
‘प्रसाद २’ को प्रदर्शन मिति तय
कास्कीको माछापुच्छे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले छायाङ्कन सम्पन्न गरेसँगै आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेलाई प्रदर्शनसमेत तय गरेको छ ।
माघेसङ्क्रान्ति मनाइँदै
माघेसङ्क्रान्तिलाई मुलुकभर आ–आफ्नो विशेषता र सांस्कृतिक महìवका साथ मनाइँदै आएको छ । सूर्यनारायण धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने उत्तरायण हुने भएकाले यस पर्वको विशेष महìव रहेको छ ।
समीक्षा र कृष्णको 'भमरा' सार्वजनिक
गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
आस्मानको क्राइम थ्रिलर कुत्ते
बलिउडमा ‘ओमकारा’, ‘मकबुल’ र ‘हैदर’ जस्तो चर्चित चलचित्रलाई निर्देशन गरेका निर्देशक विशाल भारद्वाजले अब आफ्नो छोरालाई पनि जमाउने जमर्को गरेका छन् । बलिउडमा नवप्रवेशी यी निर्देशकको नाम हो, आस्मान भारद्वाज । आस्मानले पहिलो पटक बलिउडमा आफ्नो
‘मिस युनिभर्स नेपाल’मा सोफियाको प्रस्तुति
विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको ७१औँ संस्करणमा ‘मिस युनिभर्स नेपाल’
विदेशी दबदबा रोक्न नेपाली चलचित्र सुधार गरौँ : सचिव डा. अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले नेपाली चलचित्र किन चल्न सकेनन् भन्नेबारे गहन अध्ययन हुनुपर्ने बताउनुभएको छ।
विदेशी चलचित्रको कर होलसेलमा उठाएर नेपाली फिल्मलाई समस्यामा नपारौं : नवल खड्का
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गर्नुभएको छ।
युट्युब पत्रकारका कारण निर्माताहरु मर्कामा परे : अध्यक्ष भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युब पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई मर्का परेको बताउनु भएको छ ।
दिपखुशीको दिलराजामा गरिमा र सुधीर
रचना रिमाल र भीम दोर्जे तामाङको स्वरमा रहेको दिलराजा बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
कार्तिक र कृति अभिनीत फिल्म 'शहजादा'को ट्रेलर सार्वजनिक
कार्तिक र कृति सेनन अभिनित यो फिल्म रोहित धवनले निर्देशन गर्नुभएको हो ।
‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन
दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।