बेलायती महोत्सवमा नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’
बहुपति प्रथाको विषयमा बनेको वृत्तचित्र ‘को–हजबेन्ड (सहायक श्रीमान्) बेलायतको महोत्सवमा छनोट भएको छ। बेलायतको लन्डन माउन्टेन चलचित्र महोत्सवमा छनोट भएको वृत्तचित्रले अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको छ। ३५ मिनेटको वृत्तचित्रलाई शारदा गैरेले निर्माण गर्नुभएको हो। कर्णाली प्रदेश हुम्लाको भरगाउँमा छायाङ्कन गरिएको वृत्तचित्रमा जेठो दाजुलाई मुख्य श्रीमान् र भाइहरूलाई सहायक श्रीमान्का रूपमा देखाइएको छ। वृत्तचित्रले हुम्ला, डोल्पालगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।
‘चलचित्र निर्माणमा विविधता आएको छ’
स्याङ्जा सतुहमा जन्मनुभएका निर्देशक नारायण पुरीले २०४२ सालमा आरोहणसम्बद्ध रङ्गकर्मबाट आफ्नो करिअर सुरु गर्नुभएको हो। उहाँले २०४५ सालदेखि नेपाल टेलिभिजनको बाल कार्यक्रम र बाल टेलिचलचित्रमा सहायक निर्देशक भएर काम गर्नुभयो। त्यसपछि उहाँले चलचित्रसम्बन्धी अझ बढी ज्ञान हासिल गर्न चलचित्रमा ‘अरुणिमा’ अभिनय गर्नुभएपछि २०४९ मा ‘तपस्या’बाट निर्देशकका रूपमा चलचित्र क्षेत्रमा आउनुभयो। हालसम्म २९ वटा चलचित्र निर्देशन गरिसक्नुभएका पुरीले सयौँ वृत्तचित्र, टेलिचलचित्र तथा विज्ञापन निर्माण गरिसक्नुभएको छ। निर्देशक पुरीसँग नेपाली चलचित्रमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानीको अंश।
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासना
फिल्म 'हात्तीछाप'मा अभिनेत्री उपासनासिंह ठकुरी अनुबन्धित हुनुभएको छ ।
नृत्य प्रशिक्षणको बढ्दो लोकप्रियता
विद्यालयले जाडो महिनाको बिदा दिएसँगै नृत्य प्रशिक्षण केन्द्रमा बालबालिका र युवाको भीड बढेको छ। केही वर्षअघिसम्म सोखका रूपमा हेरिने नृत्य हाल हरेक मानिसका लागि अनिवार्य बन्दै गएको छ। फुर्सदको समयमा केही नयाँ कुरा सिक्ने उद्देश्यले यस्ता केन्द्रमा भीड हुने नृत्य प्रशिक्षकको अनुभव छ। मनोरञ्जनसँगै शारीरिक तन्दुरुस्तीका लागि नृत्य अनिवार्य बनेको नेपा डान्स एकेडेमीका रिना महर्जन बताउनुहुन्छ।
साई प्रोडक्सन ब्यानरमा चलचित्र ‘अन्तिम संस्कार’
अभिनेता विजय लामा चलचित्र ‘अन्तिम संस्कार’मा प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको हो। अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ अनुबन्धित हुनुभएको थियो। यसैले पनि चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उहाँको भनाइ छ। ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनु भएको थियो। उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो। चलचित्रलाई मैले मेरो बुवाले दिएको अन्तिम उपहारका रूपमा लिएको छु।
मधुसूदन भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित
निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
‘निर्देशकको यात्रा’ सार्वजनिक
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद निर्देशकको यात्रा सार्वजनिक भएको छ। निर्देशक मोहन राईद्वारा अनुवादित पुस्तकको अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुष्मा राईले संयुक्त रूपमा विमोचन गर्नुभयो। कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले चलचित्र सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राख्नुभएको थियो।
गीतसङ्गीतमा पूर्णिमाको छलाङ
नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ पूर्णिमा लामा। डेढ दशकदेखि निरन्तर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनुभएको उहाँले हालसम्म चार सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ। उहाँको हिजोसम्म मलाई माया, डाँडापारि मेरो माया, आमा, भाग्यले नि छल्छ, मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई लगायतका गीतहरू चर्चामा छन्। लामा स्वदेश तथा विदेशमा आयोजना हुने महोत्सवहरूमा व्यस्त हुनुहुन्छ। गायिका लामाले सर्वोत्कृष्ट नव गायिका विधाबाट पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, सर्वोत्कृष्ट नव गायिका विधाबाट प्रथम नेपाल म्युजिक अवार्ड २०७५, सर्वोत्कृष्ट गायिका विधाबाट एघारौँ विन्ध्यावासिनी म्युजिक अवार्ड २०७७ र सर्वोत्कृष्ट गायिका विधाबाट नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सहित राष्ट्रिय स्तरका दर्जनौँ अवार्डहरू पाइसक्नुभएको छ।
फिल्म 'टुल्की' चैत ३ मा
बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
सलमान खानलाई भेट्न साइकलमा ११ सय किमी यात्रा
बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । समीर नाम गरेका ती फ्यान जवलपुरबाट साइकलमै मुम्बई पुगेका हुन् ।
श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपालभाषा स्टार म्युजिकमा लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। संसार क्रियसन्सद्वारा आयोजित नोमिनेसनको प्रमाणपत्र र मेडल वितरण गर्दै श्रेष्ठलाई सो सम्मान प्रदान गरिने जनाइएको छ। संसार क्रियसन्सका निर्देशक स्वतन्त्र महर्जनले विश्व रेकर्ड कायम गर्ने प्रयास अवार्डको पहिलो संस्करणमा सफल हुन नसके पनि अब दोस्रो संस्करणमा सफल बनाउने घोषणा गर्नुभयो। कार्यक्रममा ३२ वटा विधामा अवार्ड वितरण गरिने जनाइएको छ। प्रत्येक विधामा १०/१० जनालाई समावेश गरिएको छ भने देशभक्ति र भजन सङ्गीतको विधामा १५ जनालाई समावेश गरिनेछ।
मध्यम डिसेम्बर फल्स
एउटा समय यस्तो थियो जहाँ नेपाली चलचित्रमा दर्शक पाउनै गाह्रो हुन्थ्यो तर अहिले त्यो समय फेरिएको छ। नेपाली चलचित्रमा दर्शकको रुचि दिन प्रतिदिन बढ्दै गएको छ, जुन कुरा चलचित्र ‘डिसेम्बर फल्स’ले प्रस्ट्याउँछ। दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोकाको मिश्रण हो चलचित्र ‘डिसेम्बर फल्स’ । सम्राट् (आर्यन सिग्देल) र सदीक्षा (उपासना सिंह ठकुरी)को मायाप्रेमको कथा हो, चलचित्र। सदीक्षा एउटा नर्स हुनुहुन्छ र उहाँलाई पाउन सम्राट् जस्तोसुकै परिस्थितिबाट पनि गुज्रन तयार हुनुहुन्छ। सदीक्षा असल, सबैको भलो चिताउने नर्स हुँदाहुँदै पनि उहाँबाट हुन गएको एउटा सानो गल्तीले उहाँलाई जिन्दगीभर दुःख दिइरहन्छ। त्यही गल्तीले गर्दा उहाँमाथि धेरै उतारचढावको परिस्थिति आइलाग्छ।
प्रतिष्ठानद्वारा फुरुबोलाई सम्मान
ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ ।
रङ्गीन साँझमा गीत सङ्गीतको बेग्लै मज्जा (फाेटाे फिचर)
चिसो मौसम सुरु भएसँगै कपिलवस्तुमा महोत्सवको माहौल सुरु भएको छ । झिसमिसे साँझ हुन लागेपछि बत्तीको झिलिमिली देखिन सुरु हुन्छ । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ ।
आर्टमाण्डूको म्युजिकल फिल्म 'चन्द्रमा'
'देखेर तिमीलाई', 'के माया लाग्छ र ?' जस्ता चर्चित गीतहरू सिर्जना गरेर दर्शक श्रोताहरूको मन जित्न सफल ब्राण्ड आर्टमाण्डूले म्युजिकल फिल्म 'चन्द्रमा' रिलिज गरेको छ ।
मानवता जोगाउन नेपथ्यको अपिल
नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवर्द्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।
‘गीत सङ्गीतमा नयाँ प्रयोग हुनुपर्छ’
मौलिक लोक शैलीका गीतमा छुट्टै परिचय बनाउनुभएकी गायिका लक्ष्मी आचार्य यो क्षेत्रमा प्रवेश गर्नुभएको १२ वर्ष भयो। आचार्यको करिब सयभन्दा बढी गीत बजारमा आइसकेका छन्। गायिका आचार्यसँग गीत सङ्गीतमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
राम्रा चलचित्र दिन नसकेको वर्ष
पछिल्लो वर्षझैँ यो वर्ष पनि व्यावसायिक हिसाबले बलिउडका लागि खासै राम्रो ठहरिएन। यो वर्ष पनि बलिउडमा चलचित्रहरूको सङ्ख्या बढाउने काम मात्र भए। सन् २०२२ को वर्षमा बलिउडका चलचित्र हिट कम फल्प धेरै भए। वर्षभरि नै बलिउडमा चलचित्रको कथाभन्दा पनि कलाकारहरूले चलचित्रलाई चलाउने काम गरे। अहिलेका दर्शक रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएको चलचित्र धेरै हेर्न रुचाउने देखियो।
मानवताका लागि नेपथ्यको न्यू इयर इभ कन्सर्ट
नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवद्र्धनमा साथ दिदैँ नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अँग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम सांगितिक प्रस्तुती दिन लागेको हो । नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ् तथा उहाँको व्याण्ड सदस्यहरुले यस अघि विभिन्न देशका नौ वटा मुख्य सहरमा नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिसकेको छ । विभिन्न अभियानका साथ आफ्नो सांगितिक प्रस्तुतीलाई जोड्दै अघि बढ्ेको नेपथ्यले यस पटक नेपालमा मानवता प्रवद्र्धनका लागि आफ्नो सांगितिक प्रस्तुती दिनु भएको हो । जसका लागि नेपथ्यले सडक मानवको उद्धार तथा रेखदेख गरिरहेको मानव सेवा आश्रमसँग सहकार्य गर्नु भएको बताउनुभयो ।
सिनेमाघरमा ‘डिसेम्बर फल्स’
नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट हलमा प्रदर्शन भएको छ। चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा देखिनुभएको छ।
विमान अपहरणको कथा : काठमाडौँ कनेक्सन–२
चलचित्र ‘काठमाडौँ कनेक्सन’को पहिलो सिजनपछि दर्शक यसको दोस्रो सिजन कहिले आउँछ भनेर प्रतीक्षारत थिए। अब दर्शकको त्यो प्रतीक्षाको घडी सकिएको छ। चलचित्र ‘काठमाडौँ कनेक्सन सिजन २’ प्रदर्शनमा आइसकेको छ। चलचित्रको पहिलो भागको अन्त्यमा विमान अपहरणको कथाबाट चलचित्र टुङ्गिएको थियो, त्यहीँबाट चलचित्रको दोस्रो सिजन सुरु भएको छ।
अभिनेता सविन श्रेष्ठले मृत्युपछि अङ्गदान गर्ने
अभिनेता सविन श्रेष्ठले मृत्युपछि अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेर उहाँले मृत्युपछि अङ्गदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गर्नुभएको हो ।
‘तिम्रो मेरो साथ’को गीत ‘झिलमिल’ सार्वजनिक
साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक गरिएको छ ।
प्रमोद खरेलको ‘जसको दिलमा’ दिनेश र मनिषाको अभिनय
गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।