फिल्म 'चिँ मुसी चिँ' को पहिलो गीत सार्वजनिक
गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् । रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर रहेको छ ।
ऐना झ्यालको पुतली र लोरी अस्करको प्रतिस्पर्धाबाट बाहिरिए
विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५औँ संस्करणका लागि मनोनयन सूची सार्वजनिक गरिएको छ। अस्कर अवार्डमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र सर्ट फिल्ड लोरी पनि प्रतिस्पर्धामा थिए। अन्तर्राष्ट्रिय फिचर विधामा मनोनयनमा परेको ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट १५ को संक्षिप्त सूचीमा पर्न सकेन। सर्ट फिल्मको लाइभ–एक्सन विधातर्फ भिडेको अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ पनि संक्षिप्त सूचीमा अटाएन।
विदेशमा हिजोआजका कुरा प्रदर्शन
चलचित्र ‘हिजोआजका कुरा’को विदेशमा प्रदर्शन भइरहेको छ। अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अस्ट्रेलिया आइपुगेको छ। चलचित्रको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अस्ट्रेलिया उड्नुभएको थियो। निर्देशक पन्तले भन्नुभयो, “अस्ट्रेलियाका विभिन्न सहरमा चलचित्र प्रदर्शनी भइसकेको छ, यस चलचित्रको प्रशंसा पनि भइरहेको छ। त्यसैले पूर्वनिर्धारितभन्दा बढी सो थपिएको छ। अझै केही साता प्रदर्शन हुन्छ।’ निर्देशक पन्तका अनुसार, “अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको सोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।” यसअघि हिजोआजका कुरा डर्विन क्याथरिन र ब्रिसवेनमा प्रदर्शन भइसकेको छ। अब डिसेम्बर २९ मा क्यानबेरा, जनवरी ५ मा सिड्नी र जनवरी ८ मा गोल्ड कोस्ट र जनवरी २२ मा एडिलेडमा प्रदर्शन हुँदैछ। अस्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्सनले प्रदर्शनमा साथ दिएको छ।
फिल्म ‘ह्रस्व दीर्घ’ मा विपना थापा अनुबन्धित
अभिनेत्री विपना थापा धेरै समयपछि फिल्ममा कमब्याक गर्दै हुनुहुन्छ ।
क्रिसमसमय सहर
काठमाडौँका तारे होटलदेखि सपिङ मलसम्मलाई क्रिसमसको रमझमले छोएको छ। झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ‘मेरी क्रिसमस’ भन्दै शुभकामना साटासाट गरिरहेका छन्। कमलपोखरीको सिटी सेन्टर पुग्नुभएका राज शर्मा बाहिर बत्ती नै बत्तीले सजिएको क्रिसमस ट्री देखेर आफ्नो घरमा पनि त्यस्तै ट्री बनाउने चाहना राख्नुहुन्छ। शर्माले भन्नुभयो, चाड अरूकै भए पनि यसरी सजाएर राखेको देखेर घरमा पनि यस्तै ट्री बनाउने चाहना गरेको छु।
फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक
फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ ।
'द भ्वाइस अफ नेपाल' सिजन ४ का विजेता बने करण राई
‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बन्नुभएको छ । राईले ग्राण्ड फिनालेमा २५ लाख रुपियाँसहित पुरस्कार प्राप्त गर्नुभएको हो ।
'फिल्म सम्पादन तास खेलेको जस्तै हो'
सानैदेखि कम बोल्ने स्वभावकी फिल्म निर्माता प्रश्ना डङ्गोललाई कुनै पनि विषयमा बोलेर अभिव्यक्त गर्नुभन्दा पनि देखाएर अभिव्यक्त गर्न पाए अझै सशक्त हुने महसुस हुन्छ ।
‘दोहोरी आइडल’ हुने
लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। डीएआर मुभिजले आयोजना गर्ने यस रियालिटी कार्यक्रममा ७७ वटा जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो भएकाले आवेदन दिन सक्नेछन्। नेपालका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने आयोजकले जनाएको छ। नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी सो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिनुभयो।
‘लाई हेल कालो टिको’ सार्वजनिक
गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा गायिका आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिनुभएको छ। गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीले दिनुभएको छ।
‘यही कुरा साँचो हो’ गीतको भिडियो सार्वजनिक
नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘तिम्रो मेरो साथ’ रिलिज हुँदै
नेपाली फिल्ममा सङ्ख्यात्मक रूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह ।
फिल्म 'गोर्खा वारियर्स'को टिजर
मिलन चाम्सले निर्देशन गर्नुभएको 'वार ड्रामा' फिल्म 'गोर्खा वारियर्स'को टिजर सार्वजनिक गरिएको छ ।
फिल्म 'तिम्रो मेरो साथ'को ट्रेलर
फिल्म 'तिम्रो मेरो साथ'को ट्रेलर सार्वजनिक भएको छ ।
सङ्गीत सञ्चारको दुनिया“
सङ्गीतलाई भाषाको पनि भाषा मान्ने गरिन्छ । सञ्चारकर्ममा भाषा असफल रहँदा पनि सङ्गीत सफल रहेको दृष्टान्त भेटिन्छ । कोरियाली गीत तथा नृत्य ‘ग्याम्नाम स्टाइल’ लाई दृष्टान्तको रूपमा लिन सकिन्छ । बहुसङ्ख्यक मानिस कोरियाली भाषासँग परिचित नभए पनि संसारभरका युवा यसमा झुमे । भाषिक पुल नहुँदा भावसञ्चार गर्ने अथाह तागत सङ्गीतमा रहन्छ भन्ने तथ्य ‘ग्याम्नाम स्टाइल’ ले स्थापित गरिदिएको छ ।
हिराकाजी र नागेन्द्रको ‘लुखुर लुखुर’मा किरण र रचनाको स्वर
गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको ‘लुखुर लुखुर’ बोलको गीतको भिडियो रिलिज भएको छ। गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहेको छ।
नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार सार्वजनिक
नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु-याउने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ सार्वजनिक गरिएको छ। नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा आइतबार सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो। ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिनेभएको छ। एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८ प्रदान गरिनेछ।
चलचित्र महोत्सवमा मानव अधिकारको बहस
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा दसौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जारी छ। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्नेछ। सोमबार महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल भयो। वक्ताका रूपमा विद्या राई, सौरभ ढकाल, गीत पाण्डे र अनिश श्रेष्ठ हुनुहुन्थ्यो। प्यानल छलफल सहजकर्ता डा. सचिन घिमिरेले गर्नुभएको थियो।
मौलिक सङ्गीत लोप हुन नदिन पहल
नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण नभए मौलिक सङ्गीत लोप हुने भन्दै सङ्गीत अध्येता तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। फोल्क लोकले ललितपुर पाटन सङ्ग्रहालय परिसरमा आयोजना गरेको साताव्यापी दाफा पुकार कार्यक्रमअन्तर्गत ‘नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले पुस्तान्तरण हुँदै आएको मौलिक सङ्गीतको अभिलेखीकरणमा ढिला गर्न नहुने बताए। कार्यक्रममा राजन श्रेष्ठले नेपाल सङ्गीत अभिलेखालयमार्फत मौलिक/लोपोन्मुख गीत/सङ्गीतको डिजिटाइजेसन, सङ्गीतसँग सम्बन्धित पुस्तकालय व्यवस्थापन, वृद्ध अवस्थाका सर्जक, स्रष्टाको स्वरमा गीत रेकर्डसमेत गरिरहेको जानकारी दिनुभयो। अभिलेखालयले लोपोन्मुख मौलिक सङ्गीतका ज्ञाता चार सयभन्दा बढी कलाकारको सिर्जना, स्वर रेकर्ड गरेको जानकारी उहाँले दिनुभयो।
सन्देश प्रवाह गर्न फिल्म एक सशक्त माध्यम
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आजबाट सुरु भएको छ ।
जाग्राम बसेर गाउने भारी गीत
विवाह र व्रतबन्धमा पुरुषहरू मिलेर रातभरि जाग्राम बसेर गाउने भारी गीतको महत्व आफ्नै किसिमको छ । विवाहमा दुलाह–दुलहीको सफलता मिलोस् र व्रतबन्ध गर्ने बालकको ग्रहदशा राम्रो होस् भन्नका लागि रातभरि पुरुषहरू मिलेर नाच्दै गाउने गरिन्छ भारी गीत । भारी गीतका जानकार खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रकाशबहादुर शाहीले ठकुरी र क्षेत्री समुदायले विवाह र व्रतबन्धमा अनिवार्य गाउनै पर्ने भारी गीत गाएर रातभरि पुरुषले नाच्ने गरिँदै आएको बताउनुभयो । गीत गाउन सहभागी हुने पुरुषले परम्परागत पहिरन लगाउने गरिन्छ । तीन सय वर्षदेखि यो गीत गाउने गरिँदै आएको छ । विवाह वा व्रतबन्ध भएको घरको छतमा आगो बालेर राति करिब १० बजेबाट सुरु भएर बिहान झन्डै ८ बजेसम्म यो गीत गाउने गरिन्छ ।
‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।
मिसेस् हिमालयनको उपाधि सुशीलालाई
मिसेस् हिमालयन नेपाल २०२२ को उपाधि हेटौडाकी सुशीला तामाङले जित्नुभएको छ । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगितामा दिया चन्द ठकुरी फस्ट रनर अफ र शान्ति बस्नेत सेकेन्ड रनर अफ हुनुभएको छ ।
नेपालगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’
सयौँ दर्शकको भव्य उपस्थितिबीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो। नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो। ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए।