• ७ जेठ २०८१, सोमबार

पर्यटन व्यबसायी तथा गीतकार गिरी सम्मानित

blog

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुहुँदै वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी गिरी ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ८ गते । सङ्गीत महर्षी नातिकाजिको ९८ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ संगीतकार देवेन्द्र गिरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनुभएको छ ।  आज यहाँ आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष समेत रहनुभएका गिरी सम्मानित हुनुभएको हो । उहाँलाई बरिष्ठ सङ्गितकार शम्भुजित बास्कोटा र वरिष्ठ साहित्यकार बैरागी काईंलालेसमेत सम्मानित गर्नुभयो ।  

गीत सङ्गितमा गरेको योगदानको कदर गर्दै वरिष्ठ गीतकार गिरी सम्मानित हुनुभएको हो । देश बने पो हामी बन्छौं, एक्लै बनेर के अर्थ हुन्छ र, तिमी भयौ बुढी पीपल जस्ता कालजयी गीतका सर्जक गिरीका ३० भन्दा बढी गीत बजारमा छन् । 


यथार्थपरक र सन्देशमुलक विषयमा कलम चलाउन रुचि राख्ने हुनाले यथार्थबादी गीतकार भनेर पनि उहाँ चिनिनुहुन्छ । पर्यटन ब्यवसायमा समेत आवद्व रहनुभएका गिरी ठमेलमा होटल म्याजेष्टिक र भोजघर रेष्टुरेण्टका सञ्चालक समेत हुनुहुन्छ । बाग्लुङ्ग कुश्मामा विश्वकै दोस्रो उचाईमा रहेको क्लिफ वञ्जिजम्पलगायत अन्य ब्यवसायमा पनि उहाँको लगानी छ ।