विदेशमा महापुरुष
नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत चलचित्रले ५१औँ दिनको यात्रा तय गर्दै छ । चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्नलगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । नोभेम्बर २० देखि युरोपका विभिन्न सहरमा यसलाई प्रदर्शन गरिएको छ । फिल्म मध्यपूर्वी देशअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदै छ ।
‘कथा कस्तुरी’बाट निकै प्रभावित भएँ : शबाना
बलिउडमा कुशल अभिनेत्रीका रूपमा चिनिनुहुन्छ शबाना आजमी । १८ सेप्टेम्बर १९५० मा जन्मनुभएकी शबानाका पिता कैफी आजमी आफ्नो समयका प्रसिद्ध कवि र गीतकार हुनुहुन्थ्यो भने आमा शौकत आजमी थिएटर कलाकार हुनुहुन्थ्यो । शबानाले दिल्लीको सेन्ट जेभियर कलेजबाट स्नातक पूरा गर्नुभयो र त्यसपछि उहाँ पुणेको फिल्म इन्स्टिच्युटमा भर्ना हुनुभएको थियो ।
गायक आदित्य नारायण नेपालमा
बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो ।
‘नेपथ्य लाइभ कन्सर्ट’ हुने
मानवता प्रवद्र्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले नेपालका मुख्य १० सहरमा साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । साङ्गीतिक यात्रा मङ्सिर १६ गते विराटनगरबाट समुद्घाटन गर्ने गरी अन्तिम तयारी चलिरहेको आयोजकले जनाएको छ ।
सिनेमाघरमा ‘मिलन’ र ‘भेडिया’
आज (शुक्रबार)देखि सिनेमाघरमा नेपाली चलचित्र ‘मिलन’ र बलिउड चलचित्र ‘भेडिया’ प्रदर्शनमा आएका छन् । टेक पौरखी राई निर्देशित चलचित्र ‘मिलन’ले मित्रतामा आउने उतारचढावको कथा बताउँछ । चलचित्रमा सलोन बस्नेत, कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का र करण थापाको अभिनय छ ।
हेरिटेज प्याजेन्टस्मा नेपालकी परिन्दा र परिसालाई अवार्ड
हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनलमा नेपालका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटलाई विधागत अवार्ड प्राप्त गर्नुभएको छ ।
चेतना जगाउन ‘नो सेभ नोभेम्बर’
काठमाडौँमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । एन्ट फाउन्डेसन नेपाल र कलाकार तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको नेतृत्वमा नो सेभ नोभेम्बर फेसन फर कज रनवे सम्पन्न भएको छ ।
परिजितालाई ‘द भ्वाइस’मा सफलता
नेपाली मूलकी परिजिता बाँस्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी सो ‘द भ्वाइस’को अन्तिम–१० मा प्रवेश गर्नुभएको छ।
‘अवतार : द वे अफ वाटर’ महँगो चलचित्र
जेम्स क्यामरुन निर्देशित हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महँगो चलचित्र भएको समाचार एजेन्सीले जनाएको छ। निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महँगो चलचित्र बनेको बताउनुभएको छ। वितरण कम्पनी ‘ट्वेन्टिथ सेन्चुरी फक्स’का अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढङ्गले निर्माण खर्च बढेको गुनासो गर्नुभएको छ।
‘भो आँसु नझार’ सार्वजनिक
गायक रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द सिर्जना, रमेश कायस्थको सङ्गीत, आशिष अविरलको एरेन्ज, विकास दाहालको सम्पादन र बुद्ध एन्ड टिमको छायाङ्कन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गर्नुभएको हो ।
‘नम्बरी सुन’मा सापकोटा
चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित हुनुभएको छ । चलचित्र निर्देशक राजु गिरी र निर्माता नारायण खातीले अभिनेत्री सापकोटाले कागजी सम्झौता गर्नुभएको हो ।
उत्साहजनक थ्रिलर ‘दृश्यम २’
सन् २०१५ मा प्रदर्शनमा भएको अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम’को सिक्वेल हो ‘दृश्यम २’ । पहिलो सिक्वेलजस्तै यस चलचित्रले पनि थ्रिलर विधा बोकेको छ । जुन अहिले धेरै दर्शकको पहिलो रोजाइ बनेको छ । चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म सिनेमाघरमा बाँधेर राख्न बाध्य बनाउँछ ।
सिद्धार्थ र मिङ्मालाई ‘सुपर डान्सर नेपाल’को उपाधि
टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ ले हात पारेको छ।
‘उचाइ’ को विशेष प्रदर्शन
पर्यटन प्रवर्द्धनको हेतुले विभिन्न कार्य गर्दै आएको नेपाल पर्यटन बोर्डले नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’को विशेष प्रदर्शन आयोजना गरेको छ।
‘रातो कार’ सार्वजनिक
गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको ‘रातो कार’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।
कालापत्थरमा जेडी र छिरिङको नाच
कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र नेपालका डान्सिङ स्टार विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमानका लागि सोलुखुम्बुमा रहेको सर्वोच्च शिखर सगरमाथाको फेदीमा रहेको कालापत्थरको पाँच हजार छ सय मिटर उचाइमा नृत्य प्रस्तुत गरी दाबी पेस गरेका छन्। उनीहरूले विश्वकै उच्च स्थानमा कोरियोग्राफ गरी नृत्य प्रस्तुत गर्दै विश्व रेकर्डमा दाबी पेस परेका हुन्। उनीहरूले विभिन्न नेपाली लोकनृत्यलाई समायोजन गरी तीन मिनेट लामो प्रस्तुति दिएका छिन्। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको कोरियोग्राफर जेडीले बताए। सरस्वती धिमालले कोरियोग्राफ गरेको गीतलाई प्रेम पौडेलले छायाङ्कन गरेका हुन् भने ड्रोन अभय पोखरेलले चलाएका छन्।
‘ह्यारी कि प्यारी’ को पोस्टर सार्वजनिक
माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’ को अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर तीनवटा आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिनुभएको छ। कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक चलचित्रको बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ। चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिँदै हुनुहुन्छ।
राजनीतिलाई फोहोरी खेल नभन्न आग्रह
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार देशभर मतदान गरिएको छ। कलाकारले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ। मतदानसँगै कलाकारहरू अर्को चुनावमा आफू उम्मेदवार हुने इच्छा पनि व्यक्त गर्नुभएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अहिलेको चुनावले परिवर्तनको सङ्केत गरेको बताउनुभयो। उहाँले नेपाली कला, संस्कृति, चलचित्रको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुहँुदै भविष्यमा उम्मेदवार बन्ने मौका पाए अवश्य बन्ने बताउनुभयो।
कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान
हाँस्य कलाकार हरिवंश आचार्यले गत वर्षको निवार्चनको तस्विर समाजिक सञ्जालमा सार्वजनिक गर्दै लेख्नुभएको छ, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनबाट आफूलाई मन पर्ने जनप्रतिनिधि आफैँले छान्न पाउनु हो । सबैले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गरौँ।”
फिल्म 'गोविन्दा नाम मेरा'को पोस्टर सार्वजनिक
काठमाडौं, मङ्सिर ३ गते । भारतीय अभिनेता विक्की कौशल, नायिका कियारा आडवाणी र भूमि पेडनेकर अभिनित फिल्म 'गोविन्दा नाम मेरा'को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर 'डिज्नी हटस्टार'को इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक गरिएको हो ।फिल्ममा विक्कीले ‘गोविन्दा’ को भूमिका निर्वाह गरेका छन् । सामाजिक सञ्जालमा चलचित्रको पोस्टर सार्वजनिक गदै विक्कीले लेख्नुभएको छ, ‘गोविन्द नाम मेरो, नाच्ने काम मेरो, आउँदैछु चाँडै, आफ्नो कहानी लिएर ।करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई शशाङ्क खेतानले निर्देशन गर्नुभएको हो । यस्तै, फिल्म एक क्राइम सस्पेन्स थ्रिलर कथामा आधारित छ ।
'सुपर डान्सर नेपाल'पहिलो सिजनको उपाधि सिद्धार्थ र मिङ्मालाई
काठमाडौं, मङ्सिर ३ गते । टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जित्नुभएको छ । शुक्रबार राति समापन भएको ग्राण्ड फिनालेमा सिद्धार्थ र उहाँका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जित्नुभएकाे हो । उहाँहरुले १५ लाख रुपियाँ नगद र अन्य पुरस्कारसमेत जित्नुभएकाे छ । शोका निर्देशक भूषण दाहाल हुनुहुन्छ भने निर्णायकमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई हुन् । तर भुवनले भने बीचमै शो छाड्नुभएकाे थियाे ।
पुष्प र वर्षाको ‘नखरा कबुल’
कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकास राणाको स्वर समेटिएको छ। नारायण नेपालको शब्द रहेको गीतमा शशिविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको छ।
चलचित्रमा आमाबुवाको पीडा
गीतकार तारा अधिकारीद्वारा निर्देशित छोटो चलचित्र सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ। चलचित्रमा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा देखाइएको छ। चाडबाडको बेलामा विदेशिएको सन्तानको यादको पीडा परिवारले कसरी भोग्छ भन्ने कुरा चलचित्रमा छ।
‘मतदान गर्न जागौँ, उठौँ सारा’
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मतदान वा मतदाता शिक्षा बारे विभिन्न श्रव्यदृश्य सामाजिक सञजालमा देखिएका छन्।