• २० असोज २०८१, आइतबार

‘तिम्रो मेरो साथ’को गीत ‘झिलमिल’ सार्वजनिक

blog

काठमाडौं, पुस १४ गते । साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक गरिएको छ । 

सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा योगेशकाजीले सङ्गीत भर्नुभएको छ । 

मङ्गलबार पोखराबाट ‘तिम्रो मेरो साथ’ देशव्यापी प्रचारप्रसार यात्रा सुरु भएको हो । पुस २९ देखि प्रदर्शनमा आउने फिल्मलाई थ्रिलर र लभस्टोरी ड्रामा भएको बताइएको छ। 

फिल्ममा पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेलको लगानी छ ।