शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं - गायक प्रमोद खरेलको नयाँ गीत ‘जसको दिलमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। जसको दिलमा गीत त्रिकोणत्मक प्रेम कथामा आधारित छ। सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको प्रेम गाथालाई देखाइएको छ।
जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ। निर्देशक विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर रहेको छ। गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गर्नुभएको हो। गीतका निर्माता सुवास पुरी हुनुहुन्छ।