चलचित्रमा मुना
गत भदौ २४ मा प्रदर्शनमा आएको एउटा बाल चलचित्रले निकै चर्चा बटुल्यो । बाल मनोविज्ञानमा आधारित उक्त फिल्मको नाम हो– ‘ऐना झ्यालको पुतली’ । यो यतिबेला चलचित्र क्षेत्रकै चर्चित एकेडेमी (अस्कर) अवार्डको अर्को वर्ष हुने प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस गरिने भएको छ । यो त झनै खुसीको कुरा हो । विदेशका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ ।
ढुङ्गेलको ‘माइतीघर’ बजारमा
कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित ‘माइतीघर’ बजारमा आएको छ। गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत छ।
फिल्म ‘महापुरुष’ को ‘पर्खाल’ गीत सार्वजनिक
काठमाडौं, कात्तिक २२ गते । फिल्म ‘महापुरुष’ को नयाँ गीत ‘पर्खाल’ सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य, गौरी मल्ल राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको सङ्गीत र नवराज पराजुलीको शब्द छ । फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।
आर्यन र बेनिषाको 'आउन राजा' सार्वजनिक
काठमाडौं, कात्तिक २२ गते । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ । गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना छ भने एसडी योगीको सङ्गीत रहेको छ ।निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। हरी हुमागाईँले छायाङ्कन गर्नुभएको भिडियोको कोरियोग्राफी सुभम भुजेलले गर्नुभएको हो । भिडियोको सम्पादन प्रविन श्रेष्ठले गर्नुभएको हो र भिडियोको कार्यकारी निर्माता केदार भुसाल हुनुहुन्छ ।
ढुङ्गेलको ‘माइतीघर’ बजारमा
कलाकार तथा गायक राजु ढुङ्गेलको मौलिक पञ्चेबाजामा आधारित माइतीघर बजारमा आएको छ । गायक ढुङ्गेलले आफैँले संरक्षण गरेको भाका माइतीघरमा ढुङ्गेलको सङ्गीत रहेको छ ।
अभिनय गर्दा रमाइलो भयो : गायक विक
‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ। सो गीत उहाँले गायिका समीक्षा अधिकारीसँग मिलेर गाउनुभएको छ। श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा सङ्गीत र एरेन्ज स्वयं गायक कृष्णकै रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्य र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो।
फिल्म 'आदिपुरुष'को प्रदर्शन हुने
काठमाडौं, कात्तिक २१ गते । अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्मका निर्देशक ओम राउतले सामाजिक सञ्जालमार्फत फिल्मको नयाँ मितिको बारेमा जानकारी दिनुभएको हो । यसअघि फिल्म आगामी १२ जनवरी सन् २०२३ मा रिलिज हुने भनिएको थियो । तर अब फिल्म आगामी १६ जुन सन् २०२३ मा रिलिज हुने तयारीमा छ । 'टी-सिरिज' र 'रेट्रोफाइल्स प्रोडक्सन'ले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो । फिल्ममा सैफ अली खान र कृति सेननसमेत मुख्य भूमिकामा देख्न सकिनेछ ।
फिल्म 'फूलबारी'को फर्स्टलुक सार्वजनिक
काठमाडौं, कात्तिक २० गते । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई देख्न सकिन्छ ।फिल्मको कथा र कन्सेप्ट कमल किशोर मुलपानीको हो भने उपेन्द्र सुब्बाको पटकथा रहेको छ । फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।फिल्ममा जोस हेरुमको छायाङ्कन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको सङ्गीत रहने बताइएको छ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल र निर्माता मनिष ढकाल हुनुहुन्छ ।
‘म चेतन’ लोकार्पण
गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ। नारायण ओलीको सङ्गीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औँ जन्मजयन्तीमा सार्वजनिक गरिएको हो। वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, श्रीमती गङ्गा कार्की, गायिका कुन्ती मोक्तान, म्युजिक नेपालका संस्थापक अध्यक्ष सन्तोष शर्मालगायतका कलाकारले संयुक्त रूपमा ‘म चेतन’ लोकार्पण गर्नुभएको हो ।
‘निरमाया’को गीत सार्वजनिक
चलचित्र ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘मायाको रङ्ग हुँदैन’ बोलको गीतमा स्वर धर्मेन्द्र सेवान र रेखा शाहको छ। उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारले सङ्गीत दिनुभएको छ।
‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा
नेपाली सिनेमाघरमा शुक्रबार दुई चलचित्र ‘लाखे’ र ‘फोन भूत’ प्रदर्शनमा आएका छन्। सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन थ्रिलर ड्रामा हो। सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतको चलचित्रमा अभिनय रहेको छ।
निटफेस्ट– २०२२ मङ्सिर ९ देखि १७ गतेसम्म हुने
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२२’ (निटफेस्ट) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
एकल पिताको कथा महापुरुष
एकल पिताको कथामाथि निर्माण भएको चलचित्र ‘महापुरुष’मा समाजले कसरी मान्छेलाई महापुरुष बनाउँछ भन्ने कुरा देखाइएको छ। चलचित्रको सुरुवात आदर्शनगर समाजबाट हुन्छ; जहाँ बालकृष्ण (हरिवंश आचार्य) अवकाशप्राप्त शिक्षकको भूमिकामा देखिनुभएको छ। श्रीमतीको मृत्युपछि एक्लिनुभएका बालकृष्णका दुई छोरा छन्। जेठो छोरा विदुर (रवीन्द्रसिंह बानियाँ) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ भने कान्छो छोरा विज्ञान अरुण क्षेत्री बाहिर जाने कोसिसमा आफ्ना बुवासँग बसिरहनुभएको हुन्छ।
‘ए ठूली’ सार्वजनिक
युवा लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको सो गीतमा आफ्नै शब्द, सङ्गीत र स्वर रहेको सापकोटाले बताउनुभयो ।
फिल्म 'पठान'को टिजर सार्वजनिक
काठमाडौं, कात्तिक १६ गते । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक गरिएको छ । आज शाहरुखको जन्मदिनको अवसर पारेर युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको हो भने निर्माण आदित्य चोपडाको छ । फिल्ममा प्रमुख पात्रको रुपमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम हुनुहुन्छ ।फिल्म पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘बगान’ फागुनमा
अभिनेता सरोज खनालको ‘डेब्यु’ निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ फागुन १२ गते रिलिज हुने भएको छ। काठमाडौँमा सोमबार चलचित्र रिलिज मिति, शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको हो।
नेपथ्यको देशव्यापी साङ्गीतिक यात्रा
लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साङ्गीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटका साथ आफूलाई एक महिना लामो देशव्यापी साङ्गीतिक यात्रामा प्रस्तुत गर्ने भएको छ।
फिल्म 'बगान'को गीत सार्वजनिक
काठमाडौं, कात्तिक १५ गते । सरोज खनालको निर्देशनका बनेको फिल्म 'बगान'को 'उडी छुनु छ आकाश' बोलको गीत सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द र हरि लम्सालको सङ्गीत छ । गीतको भिडियोमा करिश्मा मानन्धर, सरोज खनाल, मिथिला शर्मा र प्रमिला कार्कीलाई देख्न सकिन्छ । सुरेश वाग्लेको निर्माण रहेको यस फिल्ममा करिश्मा, सरोज, मिथिला, प्रमिलासँगै नीर शाह र वसुन्धरा भुसालको अभिनय छ । यस्तै, फिल्मका कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ ।नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । फिल्म फागुन १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
कात्तिक नाच प्रहसन
लोकको चरित्र उदाङ्गो पार्न देखाइने कात्तिक नाच प्रहसन भइरहेको छ। पाटनको डबलीमा देखाइने प्रसिद्ध कात्तिक नाचका पाटनको कृष्ण मन्दिरमा छेउको डबलीमा रातमा देखाइन्छ। हरेक वर्ष कात्तिक शुक्ल पष्ठीदेखि यो नाचको सुरु हुन्छ। कात्तिक नाच संरक्षण समितिका सदस्य तथा पुजारी सञ्जय राजोपाध्यायले लोकको चरित्र उदाङ्गो पार्न र नैतिक शिक्षा दिन आयोजित प्रहसन भएकाले यसलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।
मङ्सिरमा चलचित्र ‘मिलन’
नेपाली कथानक चलचित्र ‘मिलन’ मङ्सिर ९ बाट प्रदर्शनमा आउने भएको छ। प्रेमकथामा आधारित चलचित्र यसअघि कात्तिक १८ बाट प्रदर्शनमा आउने तय भए पनि प्रदर्शन मिति हेरफेर भएको छ। यही मितिमा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेकाले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिनुभयो । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय छ। कुशल र शिल्पाले यही
‘के घर के डेरा’ दोस्रो सातामा
कात्तिक ४ बाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रले पहिलो साता पनि राम्रो व्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, प्रभाकर न्यौपाने, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।
नेपालसँगै अस्ट्रेलियाका दर्शकले रुचाए ‘महापुरुष’
शुक्रबारबाट प्रदर्शनमा आएको ‘महापुरुष’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ। वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको चलचित्रले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
सानो गाउँको कथा ‘कान्तारा’
होम्बाले फिल्म्सको अर्को प्रस्तुति हो ‘कान्तारा’ । जुन चलचित्र वास्तवमा कन्नड भाषामा बनेको भए तापनि हाल हिन्दी डबसहित अघिल्लो हप्ता प्रदर्शनमा आएको छ। लोककथामा आधारित ‘कान्तारा’ चलचित्रले अहिले विश्वकै सिनेमाघरहरूमा प्रशंसा बटुलिरहेको छ।
सुधीर र उषाको 'पत्थर जस्तो दिल'मा
काठमाडौं, कात्तिक ११ गते । साहित्यकार नरेश ज्ञवालीको शब्द रहेको ‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमको आधिकारिक च्यानल 'थानेश्वर गौतम'मार्फत भिडियो सार्वजनिक गरिएको हो। यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमको संंगीत तथा स्वर रहेको छ भने गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो । भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो ।