• १२ असोज २०८१, शनिबार

बलिउड कलाकार ओबराय काठमाडौँमा

blog

काठमाडौँ, मङ्सिर २९ गते । बलिउड अभिनेता विवेक ओबराय नेपाल आउनुभएको छ । उहाँ एक साताका लागि नेपाल आउनुभएको हो । ओबराय हिजो साँझ ६ बजे परिवारसहित नेपाल आइपुग्नुभएको हो । नेपालमा उहाँले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौँको पशुपतिलगायतको भ्रमण गर्नुहुने बताइएको छ  ।

ओबरायले केही दिनअघि एक भिडियोमार्फत आफू नेपाल भ्रमण गर्न लागेको जानकारी दिनुभएको थियो । उहाँ व्यवसायी पुनम यादवको पहलमा नेपाल आउनुभएको हो । उहाँ नेपालमा केही कार्यक्रममा पनि सहभागी हुने बताइएको छ । ओबराय चर्चित अभिनेता सुरेश ओबरायको छोरा हुनुहुन्छ ।