• ११ साउन २०८२, आइतबार

युवाको सक्रियता र नीति निर्माणमा बहस

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला

काठमाडौं, असार २ गते । उद्यमशील कांग्रेसको आयोजनामा  ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख वक्ताको रूपमा सहभागी भई अर्थशास्त्रीहरुसँग प्रत्यक्ष संवाद गर्नुभयो । 

देशको वर्तमान राजनीतिक अवस्था र आर्थिक स्थितिबारे चासो राख्दै अर्थशास्त्रीहरुसँग संवाद गरिएको थियो । कार्यक्रमको मूल उद्देश्य डा. कोइरालासँग अर्थनीति, बेरोजगारी, उद्यमशीलता र देशको आर्थिक भविष्यबारे विचार आदान–प्रदान गर्नु थियो। सहभागी युवा, विशेषज्ञ, नीति विश्लेषक, योजना आयोगका पूर्व पदाधिकारी, पत्रकार तथा प्रशासनिक अनुभव बोकेका व्यक्तिहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरे।

नेता कोइरालासँग सहभागीहरूले देशको अर्थतन्त्र सुदृढ गर्न युवाको भूमिका कस्तो हुनुपर्छ ?, रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? नीतिगत सुधारका लागि प्राथमिकता के के हुन सक्छन् , भन्ने कुराहरूको गहन प्रश्न उठाएका थिए । सहभागीहरूको उत्तर  सुन्दै  उहाँले  भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, व्यावसायिक शिक्षा, लगानीमैत्री वातावरण र स्टार्टअप प्रवर्द्धनका मुद्दामा जोड दिनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. पृथ्वीराज लिगल, जगदिश चन्द्र पोखरेल, अर्थशास्त्रीहरू प्राडा बिश्वम्भर प्याकुरेल, प्रा डा विनय कुसियत, प्रा डा ओम शर्मा, प्रा डा संजय आचार्य, अर्थराजनीतिज्ञ पुरन्जन आचार्य, डा रेवत बहादुर कार्की, डा प्रताप छतकुली, डा ज्ञानमणि अधिकारी, उपप्राध्यापक नबिन खनाललगायतले बजेटसम्बन्धमा कोइरालाले राखेका जिज्ञासामा महत्त्वपूर्ण सुझाव दिनुभयो । 

 उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाको अध्यक्षता भएकाे कार्यक्रममा अध्यक्ष सिटौलाले संवाद आफूहरुका लागि प्रेरणादायी रहेको बताउनु भयो ।