पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर
फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो ।
'सिल्ली फो' युट्युबमा
काठमाडौं, कात्तिक ७ गते । केकी अधिकारी अभिनित नेपाली फिल्म ‘सिल्ली फो’ युट्युबमा सार्वजनिक गरिएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकीसँगै रविन्द्र झा, धिरेन शाक्य, दिनेश रेग्मी, अनिता लामिछाने र दीपक थापालगायतको अभिनय रहेको छ । हलमा प्रदर्शनमा आएपछि दर्शकको साथ खासै नपाएको फिल्मलाई निर्माण टिमले तीन महिनामै युट्युबमा सार्वजनिक गरेको हो । मनोज डीके निर्माता रहेको चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायाङ्कन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
‘मुटु दह्रो बनाएर नालापानी हेरियो’
शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ हेरेपछि अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले भिन्नभिन्न प्रतिक्रिया दिनुभएको छ ।
‘डिसेम्बर फल्स’को मिति घोषणा
प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो। दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देखिनुभएको छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोसाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत हुनुभएको छ।
चलचित्रमा डेरावालको कथा
काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथा हो चलचित्र ‘के घर के डेरा’ । घर हुँदा र नहुँदा के कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ। काठमाडौँमा डेरामा बस्नेको आफ्नै समस्या छ तर घर हुनेको समस्या पनि कम छैन। चलचित्रमा यिनै कुरालाई रमाइलो शैलीमा देखाइएको छ। चलचित्रकै कथामा घर हुने र नहुने दुवैले अपनत्व महसुस गर्नेछन्।
‘महापुरुष’बाट डेब्यु गर्दै अरुण र अञ्जना
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’बाट डेब्यु गर्दै हुनुहुन्छ, अरुण क्षेत्री र अञ्जना बराइली। चलचित्रमा अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गर्नुभएको छ।
गायकको अनुभवमा तिहार
फूलैफूलको चाड तिहारको रौनक सुरु भइसकेको छ। तिहारले सबैलाई छोइसक्यो। आममानिससँगै गायक–गायिकालाई पनि तिहारले छोपिसक्यो। तिहार सबैलाई मन पर्ने चाड पनि हो। गाउँघरदेखि सहरबजारसम्म झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्छ। देउसीभैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ।
चलचित्र ‘फूलबारी’ फागुनमा
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘फूलबारी’ फागुन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय छ ।
फिल्म 'नाई नभन्नु ल ६'को छायाङ्कन सुरु
काठमाडौं, कात्तिक ३ गते । फिल्म ‘नाई नभन्नु ल ६’को छायाङ्कन सुरु भएको छ । छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचिएको हो ।सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा अथर्व यो डेव्यु फिल्म हो । फिल्ममा आँचल शर्माको प्रमुख भूमिका छ । विकास आचार्यको निर्देशनमा निमार्ण हुने फिल्म पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु हुनेछ । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्ने भएको छ ।
स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ
हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो ।
उल्लासमय चाड तिहार
चारैतिर शरद ऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलहीझैँ सिँगारिदिएको छ । प्रकृतिसँग रम्दै मनाइने तिहारको मौलिकता भने हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । अहिलेको युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्को भनाइ छ ।
सानिया सुपर डान्सर नेपालको ‘टप सिक्स’मा
डडेल्धुरामा जन्मिनुभएकी १३ वर्षीया सानिया भट्टराईलाई सानैबाट नृत्यमा रुचि थियो । उहाँ अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको रियालिटी सो ‘सुपर डान्सर नेपाल’को ‘टप सिक्स’मा पर्न सफल हुनुभएको छ ।
फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक
काठमाडौं, कात्तिक २ गते । बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया (ब्वाँसो) बनेको देखाइएको छ । हरर कमेडी फिल्ममा वरुण र कृतिसँगै दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ । अमर कौशिकले निर्देशनमा बनेको फिल्मलाई दिनेश विजनले निर्माण गर्नुभएको हो । हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनेको फिल्म मङ्सिर ९ गतेदेखि प्रदर्शन हुने भएको छ ।
महापुरुषको प्रचार
कात्तिक ११ बाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पूर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीलाई चलचित्रका बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले भ्रमण गर्नुभएको थियो ।
सामाजिक सन्देश बोकेको कथा ‘डक्टर जी’
बलिउडका बहुमुखी अभिनेता हुनुहुन्छ, आयुष्मान खुराना । उहाँ अभिनीत चलचित्र ‘डक्टर जी’ अहिले धेरै चर्चामा छ । उहाँसँगै चलचित्रमा नायिका रकुलप्रीत सिंहको पनि अभिनय छ । सधैँ भिन्न किसिमको भूमिका गर्न रुचाउने अभिनेता खुरानाले यस पटक पनि दर्शकका लागि चलचित्रमा केही नयाँ कुरा पस्कन खोज्नुभएको छ । कमेडीसँगै चलचित्रले राम्रो सामाजिक सन्देशको कथा बोकेको छ ।
फिल्म 'उचाइ'को ट्रेलर सार्वजनिक
काठमाडौं, कात्तिक १ गते । बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनय देख्न सकिन्छ । फिल्ममा भारतदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा समावेश गरिएको छ । फिल्म ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुने भएको छ ।
सुरजको 'अति भो'ले लोकप्रियता कमाउँदै
काठमाडौं, कात्तिक १ गते । हास्य टेलिश्रृखंला ‘अति भो’ ले १२० भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनालले जानकारी दिनुभएको हो । हास्य व्यङ्ग्यको माध्यमबाट सामाजिक कुरीतिहरूलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरु भएको यो टेलिसिरियलले कमेडीसँगै समाज सुधारका विषयमा कथावस्तु तयार गरिरहेको निर्देशक खनालले बताउनुभयो । सिरियलमा रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, धनराम मुस्कान, सुबु शाही, सुमन खनाल, सोभाखर खनाल, पेमा लामा लगायतका कलाकारले अभिनय रहेको छ। दिलीप विष्टको छायाङ्कन रहेको ‘अति भो’ मा रविन भट्ट र अशोक चौधरी को सम्पादन छ । लेखन सुरज खनाल र ओकेश पनेरुको रहेको छ ।दर्शकको मायाकै कारण आफूहरूमा छुट्टै उत्साह थपिएकोले सुझावको आधारमा नयाँ नयाँ विषयवस्तु पस्किने निर्देशक सुरज खनालले बताउनुभयो ।यो सिरियल हरेक आइतबार राति ८ः५० बजे नेपाल टेलिभिजन र ९ः३० मा मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।
इरिना किड क्विन नेपाल
नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
दानवीर सलमान
बलिउडका विभिन्न नायिकासँग अफेयर तर विवाहसूत्रमा नबाँधिएको प्रकरण, बलिष्ठ शरीर अनि बाहुबलि हिरो, हरिण मारेको ओरोपितजस्ता विविध कारणले प्रायः चर्चा र विवादमा आइरहने कलाकार हुनुहुन्छ, सलमान खान। तर उहाँको दानवीर र दयालु स्वभावका विषयमा भने कमै चर्चा हुन्छ।
युरोपेली युनियन चलचित्र महोत्सव हुने
नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण आयोजना हुने भएको छ। कात्तिक ११ देखि १५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। प्रत्यक्ष र अनलाइन गरी चल्ने महोत्सव भौतिक रूपमा चलचित्र विकास बोर्डमा हुनेछ। त्यसैगरी सुर्खेत महोत्सवको दोस्रो संस्करण कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय परिसरमा आयोजना गरिनेछ। यहाँ पाँच युरोपेली तथा तीन नेपाली
अस्मि बन्नुभयो ‘सिदिङ्वा डान्स स्टार’
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित ‘सिदिङ्वा डान्स स्टार’ नृत्य प्रतियोगिताको उपाधि अस्मी लिङ्देनले जित्नुभएको छ । निर्णायक चरण (फाइनल) मा नौजना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मीले उपाधि जित्नुभएको हो ।
‘अहिले सङ्गीतमा धेरै प्रतिस्पर्धा छ’
चलचित्र ‘मङ्गलम’को पर्खपर्ख मायालु, ‘छक्का पन्जा ३’को पहिलो नम्बरमा र ‘हिजोआजका कुरा’को माया जदौजस्ता चर्चित गीतमा सङ्गीत दिनुभएको सङ्गीतकार हुनुहुन्छ, दीपक शर्मा । उहाँले लोक, आधुनिक, र चलचित्र गरेर अहिलेसम्म हजारभन्दा बढी गीतमा सङ्गीत भरिसक्नुभएको छ । श्रुति सङ्गीत विद्यालयदेखि लिएर गुरुराम सिटौला, गुरुदेव कामद, राजकुमार मालाकार, प्रेमचन्द्र ओझैया, किशोर गुरुङलगायतसँग सङ्गीतको ज्ञान लिइसक्नुभएका सङ्गीतकार शर्मासँग अहिलेको साङ्गीतिक अवस्थाबारे गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
कात्तिक १८ मा ‘लाखे’
सस्पेन्स थ्रिलर चलचित्र ‘लाखे’ पूर्वनिर्धारितभन्दा एक साता पर सर्दै कात्तिक १८ मा दर्शकमाझ आउने भएको छ । सम्राट बस्नेत निर्देशित चलचित्र लाखेमा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा हुनुहुन्छ ।
तिहार गीत ‘झिलिमिली तिहार’ बजारमा
नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ ।