• १२ असोज २०८१, शनिबार

गीत ‘सास चल्छ’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर १७ गते । चलचित्र ‘गुञ्जन’को पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले सङ्गीत दिनुभएको छ । प्रेमिल थिममा तयार पारिएको गीतमा सारा सिर्पाली र प्रीतमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रीतमराजसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, नीरुता स्याङ्तान, कञ्चन चालिसे, सुस्मिता बराललगायतको अभिनय छ । चलचित्र पुस २९ बाट प्रदर्शनमा आउने भएको छ ।