• ११ चैत २०८२, बुधबार

चैतमा चलचित्रको महासङ्ग्राम

blog

कास्की समाचारदाता

कास्की, चैत ११ गते । फागुन महिना नेपाली चलचित्रका लागि खासै लाभदायक नदेखिए पनि चैतमा भने चार चलचित्र प्रदर्शनले गर्दा केही आशा जगाउने ठाउँ देखिएको छ । चैतको दोस्रो साताबाट अर्थात् १३ गते ‘हामी तीन भाइ’ प्रदर्शन हुने तयारीमा छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन हुने देखिएको  छैन । चलचित्रले दाजुभाइको जीवनमा विवाहपछि आउने खटपट र त्यसपछिको सङ्घर्षको कथा देखाउने निर्माण पक्षले जनाएको छ । चैतको अन्तिम साता अर्थात् २७ गते तीन चलचित्र ‘३६ को आँकडा’, ‘राम नाम सत्य’, ‘डल्लेले इन्ट्री मा¥यो’ प्रदर्शन हुँदै छ । 

अभिनेतृ रेखा थापाले निर्माण गर्नुभएको चलचित्र ‘३६ को आँकडा’ मा बर्सौंपछि नायिका निरुता सिंह पर्दामा देखिन लाग्नुभएको छ । चलचित्रले सामाजिक विषयवस्तु उठान गरेको छ । सोही दिन अभिनेता विराज भट्ट अभिनीत चलचित्र ‘राम नाम सत्य’ पनि प्रदर्शनमा आउँदै छ । माइकल चन्दको निर्देशन रहेको चलचित्रमा  सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, स्व. सुनील थापालगायत कलाकारको अभिनय रहेको छ । अरूको आक्रमणबाट आफ्ना नजिकका व्यक्ति गुमाएपछि त्यसको बदला लिन अभिनेताले गर्ने सङ्घर्ष चलचित्रको मुख्य कथा रहेको छ । 

त्यस्तै चलचित्र ‘डल्लेले इन्ट्री मा‍¥यो’ पनि प्रदर्शनमा आउँदै छ । चलचित्र विशेष गरी अभिनेतृ रोशनी खड्काको डेब्यु अभिनय रहेको छ भने सागर लम्साल ‘बले’ ले उहाँलाई साथ दिनुभएको छ । राजु गिरी निर्देशित चलचित्रले अपाङ्गता भएका व्यक्तिको क्षमता र समाजको हेराइको कथा उठान गरेको छ ।