• १० चैत २०८२, मङ्गलबार

म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौँ, चैत १० गते । ओम गुरुङको अभिनय रहेको ‘भाग्यामा नाम लेखेर’ बोलको गीत सार्वजनिक भएको छ । 

गीता पाइजा, मट्ठु गुरुङ, दीपक गुरुङ र सबिना बुढामगरको स्वर रहेको गीत पोखराको रमणीय स्थल फेवाताल, पामेमा छायाङ्कन भएको हो । युनिक थापाले सङ्गीत दिनुभएको भाग्यमा नाम लेखेर गीतमा प्रविन गुरुङको शब्द रहेको छ । दीप गुरुङले निर्देशन तथा कोरियोग्राफी गर्नुभएको हो । 

कौडा/चुट्का भाकाको गीत दीप गुरुङ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । ओम गुरुङलगायत म्युजिक भिडियोमा यमबी गुरुङ, दीपशिखा गुरुङ र प्रगति गुरुङको अभिनय देख्न सकिन्छ ।