शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डिल बहादुर सिंह
डोटी, चैत १० गते । डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार राति आदर्श गाउँपालिकाको खतेडाबाट आदर्श गाउँपालिकाकै काँडीस्याउले जाने क्रममा बोलेरो जिप दुर्घटना हुँदा आदर्श गाउँपालीका ३ बस्ने २२ वर्षीया चालक सुबोध रोकाया र सोही ठाउँ बस्ने कैलाश विकको घटनास्थलमा नै मृत्यु भएको हो ।
मौवा गिरिचौका भित्रि कच्ची सडकअन्तर्गत रौसेल्ला खोला नजिक दुर्घटना भएको हो । सु.प.प्र.०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले खोजतलास गर्दा सुबोध र कैलाशको शव साइलीगाड खोलामा करिब ९ सय मिटर तल खोचमा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।