शालिग्राम नेपाल
चितवन, चैत १० गते । देशभरबाट नेपाली कांग्रेसका उम्मेदवार पराजित भइरहँदा रसुवाबाट मोहन आचार्यले प्रतिनिधि सभा निर्वाचनमा विजयको ‘ह्याट्रिक’ गर्नुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा आचार्य यसअघि विसं २०७४ र २०७९ को आमनिर्वाचनमा विजयी बन्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्य बागमती प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक मात्र उम्मेदवार बन्नुभएको छ । सुविधासम्पन्न राजधानी काठमाडौँको नजिकै भएर पनि आधारभूत सुविधाबाट जिल्लावासी वञ्चित भएको बताउने आचार्यले यस्तै समस्या समाधान गर्ने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ । “जनताले मलाई काम गर्ने विश्वास गरेर तेस्रो पटक विजयी गराउनुभएको छ,” आचार्य भन्नुहुन्छ, “जलविद्युत् र पर्यटन क्षेत्रको विकास गर्दै जिल्लामै बहुप्राविधिक शिक्षालय स्थापना गर्ने मेरो पहल हुन्छ ।” उहाँले प्रत्येक गाउँपालिकामा कम्तीमा एक नमुना विद्यालयको विकास, आधुनिक प्रयोगशाला र पुस्तकालय व्यवस्था गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यापारिक पृष्ठभूमिका आचार्य भन्नुहुन्छ, “रसुवा हिमाली जिल्ला भए पनि यहाँको प्राकृतिक स्रोत र अलग्गै पहिचान हाम्रो सम्पत्ति हो । भौगोलिक संरचना कठिन भएकाले अन्य जिल्लामा जस्तो विकासका पूर्वाधार पूरा गर्न यहाँ कठिन छ ।”
पर्यटकीय गतिविधि र अन्य क्षेत्रको विकासका लागि निकुञ्ज ऐन परिमार्जन गरी जनमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ । आचार्य भन्नुहुन्छ, “यस पटक मेरो पहिलो प्राथमिकता राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन परिमार्जन गर्नुहुने छ ।” प्रतिनिधि सभा सदस्यको मुख्य काम भनेको ऐन निर्माण गर्ने, भएका कानुन समय अनुसार परिमार्जन गर्ने, नयाँ कानुन ल्याउने हो । सँगसँगै जनताको अपेक्षा विकासनिर्माण हुने भएकाले नीतिगत रूपमै विकासका काम अघि बढाउने आचार्य बताउनुहुन्छ ।
धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रका रूपमा रसुवा विश्वमै परिचित छ । यही परिचयलाई प्रचारप्रसार गरेर अघि बढाउने भन्दै उहाँ थप्नुहुन्छ, “धार्मिक महŒव रहेको गोसाइँकुण्डको व्यवस्थापन, यहाँ जाने मार्ग, आवासको व्यवस्था र यसको महŒवका बारेमा अझ बढी प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भिœयाउने योजना छ ।”
“प्राकृतिक सौन्दर्य रहेको लाङटाङ क्षेत्रमा पर्यटक भिœयाउन योजनाबद्ध काम भइरहेको छ,” उहाँले भन्नुभयो, “रक क्लाइम्बिङका लागि अब सोलुखुम्वु जान पर्दैन, यहीँ रमाउन सकिन्छ । साहसिक खेलका लागि रसुवा अन्यभन्दा उपयुक्त जिल्ला हो ।”
रसुवा छिमेकी मुलुक चीनसँग जोडिएको छ । त्यसैले पनि रसुवा नाकासम्म बिनाअवरोध सडक निर्माणको आवश्यकता छ । “अहिले भएको सडक स्तरोन्नति गरी व्यवस्थित पार्न सके यसले जिल्लाको मात्र नभएर देशकै आर्थिक समृद्धिमा महŒवपूर्ण योगदान दिन सक्छ,” आचार्यले भन्नुभयो, “रसुवा नाकालाई व्यवस्थित गर्न नीतिगत रूपमै काम गर्ने तयारी सुरु गरिसकेको छु ।” जिल्लाका महŒवपूर्ण सडकमा १० वटा भन्दा धेरै पुल निर्माण गरी यातायातको सेवा विस्तार गर्नुपर्ने छ । सबैलाई खानेपानीको पहुँच पु¥याउन सकिएको छैन । “आधारभूत सेवासुविधा दिन मेरो भूमिका रहन्छ,” आचार्यले भन्नुभयो । जिल्ला अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ चिकित्सक, आधुनिक आइसियु सेवा सुनिश्चित गर्नेुका साथै सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यव्रmमलाई अनिवार्य गराउने तयारी गरिएको उहाँले बताउनुभयो ।
लाङटाङमा पर्वतारोहण प्रशिक्षण केन्द्र स्थापना गर्ने, गोसाइँकुण्ड धार्मिक सर्किट गोसाइँकुण्ड जाने पदमार्ग व्यवस्थित गर्ने, धर्मशाला निर्माण र प्राथमिक तथा इमर्जेन्सी उपचार क्याम्प र सुरक्षा पोस्टहरूको व्यवस्था गर्ने पनि उहाँको प्राथमिकतामा छन् । सांस्कृतिक सङ्ग्रहालयका साथै रसुवाको ऐतिहासिक र सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि एक आधुनिक सङ्ग्रहालय निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचार्यले १० हजार ६५६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले पाँच हजार ५७१ मत ल्याउनुभएको थियो ।