• ११ चैत २०८२, बुधबार

गहवामाइको डोलीयात्राको अवसरमा रक्तदान

blog

रक्तदान कार्यक्रममा सहभागीहरुले प्रमाणपत्र बुझ्दै ।

कन्हैयालाल केशरी 

पर्सा, चैत ११ गते। शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको तेस्रो डोलीयात्राको अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा भक्तजनहरुले रक्तदान गरेका छन्।

माईस्थान मन्दिर सञ्चालक समितिका सचिव शिवजी साहका अनुसार माईस्थान मन्दिर सञ्चालक समिति र राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले गहवामाईको नाममा ७५ जना भक्तजनले माताको नाममा रक्तदान गर्नुभएको हो । 

उहाँले प्रत्येक वर्ष चैते महाअष्टमीका दिन माईस्थान गहवामाई मन्दिरको आयोजनामा गहवामाईको डोली यात्रा तथा शोभा यात्रा निस्कने गरेकोमा यस बर्ष पनि बिहीबार महाअष्टमीका दिन माताको डोलीयात्रा र साँझ महाआरती गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।