• १२ असोज २०८१, शनिबार

सलोनको 'राजारानी' सार्वजनिक

blog

काठमाडौं, मंसिर १८ गते । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरूप पाउनुभएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ । चार मिनेट ३५ सेकेण्ड लामो गीतको भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहारस्वरूप दिनुभएको हो । 

गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहारस्वरूप पाएको गीत एकदमै राम्रो लागेको बताउनुभयो । उहाँले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र मन पराउने आशासमेत गर्नुभएको छ । 

'आएसआर डिजिटल'बाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरू देखाइएको छ । गीतको रचना गायक आमेष भण्डारी स्वयंले गर्नुभएको हो भने गीतमा सुनिता थेगिमले स्वर भर्नुभएको छ । 

अभिनेता बस्नेत एयर होस्टेज करिष्मा केसीसँग गत मङ्सिर १२ गते विवाह बन्धनमा बाँधिनुभएको हो ।