काठमाडौँ, मङ्सिर २५ गते । गङ्गाजल, राजनीति, आश्रमजस्ता चलचित्र निर्देशन गरिसक्नुभएका प्रकाश झा चलचित्र क्षेत्रको उत्कृष्ट निर्देशकका सूचीमा मात्रै पर्नुहुन्न, उहाँले अभिनेताका रूपमा पनि काम गर्नुभएको छभन्दा दर्शक अवश्य नै चकित पर्छन् । एम गनी निर्देशित चलचित्र
‘मट्टो कि साइकिल’मा प्रकाश झाले आफूलाई आगोमा तातेको फलामजस्तै बलियो अभिनेताका रूपमा चम्काउनुभएको छ ।चलचित्रको कथा मट्टोको हो तर नायकका रूपमा चलचित्रमा माट्टोको साइकिललाई प्रस्तुत गरेको देखिन्छ । मथुरा सहर नजिकै बस्ने मट्टो जीवनको नायक उनको साइकल हो ।
मट्टो हरेक दिन साइकल चलाउनुहुन्छ र दैनिक ज्यालामा लामो दूरी जानुहुन्छ । आफ्नो दैनिक कमाइले घरपरिवारको हेरचाह गर्नुहुन्छ । मट्टोका श्रीमती र दुई छोरी छन् । एक दिन, कामबाट फर्किंदा, तरकारी किन्न मट्टोले आफ्नो साइकल सडक पार गर्दा टाढाबाट आउँदै गरेको ट्याक्टरले उहाँको साइकललाई हानेर भाग्छ । आफ्नो नायकको यसरी मृत्यु भएको देखेर मट्टोको मन चक्नाचुर हुन्छ । त्यसपछि मट्टोे अर्को साइकल किन्नका लागि सङ्घर्ष सुरु हुन्छ । मट्टो अर्को साइकल किन्न सक्षम हुनुहुन्छ कि हुन्न ? उहाँले अर्को साइकल किनेपछि उहाँमाथि अर्को के ठूलो वज्रपात हुन्छ भन्ने कुरा नै चलचित्रको कथा हो ।
एम गनीको चलचित्र २०२० मा बुसान फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । चलचित्रको पहिलो हाफ साइकलको धुरीमा घुमिरहेको मट्टोको जीवनलाई स्थिर बनाउने कुरामा केन्द्रित छ, जसका कारण चलचित्र अलि सुस्त बन्दै गएको छ । एकै समयमा, कथाको वास्तविक सुरुवात मानिन्छ, जब मट्टोको साइकललाई ट्याक्टरले हान्छ । दोस्रो हाफमा मट्टोको असहायता, असहायताले दर्शकलाई भावनात्मक रूपमा धेरै विचलित पार्छ । चलचित्रको कथाको चरमोत्कर्षमा आँखा रसाउने दाबी गरिएको छ ।
चलचित्रको क्लाइमेक्स पनि खास छ किनभने चलचित्रलाई ओपन एन्ड राखिएको छ । ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ गीतको सङ्गीत र झन्डालाई केन्द्रित गर्दै सकिएको चलचित्रले दर्शकलाई स्तब्ध बनाउँछ ।
चलचित्रको जीवन नै यसका कलाकारको अभिनय हो, प्रत्येक पात्रको अभिनय जीवन्त छ । प्रकाश झा मट्टोको भूमिकामा बेजोड देखिनुभएको छ । उहाँले आफ्नो अभिनयमा कुनै कसर छाड्नुभएको छैन ।
चलचित्रको अन्तिम दृश्यमा देखाइएको कठिनाइ देखेर दर्शक यति ढुक्क हुन बाध्य हुन्छन् कि दुःख आफ्नो जस्तै लाग्न थाल्छ । मट्टोकी श्रीमतीको भूमिकामा देखिनुभएकी अनिता चौधरीको अभिनयलाई ठीकठाक भन्नुपर्छ । आरोही शर्मा र इदिका रोय दुवै छोरीको भूमिकामा सुहाउँदो देखिनुभएको छ । दुवैको अभिनय चलचित्रमा अब्बल छ ।
चलचित्रको विषयले भारतको गाउँको प्रतिनिधित्व गर्छ, दर्शकलाई यस्तो संसारको परिचय गराउँछ, जसबारे हामी सचेत छौँ तर सायद कुरा गर्न लाज मान्छौँ । चलचित्र मल्टिप्लेक्सको मापदण्डमा नआउन सक्छ तर दर्शकले यसलाई मौका दिनुपर्छ । किन कि चलचित्र पक्कै पनि दर्शकको मनमस्तिष्कमा बस्ने खालको छ ।