• १९ चैत २०८२, बिहिबार

सर्लाही डान्स ग्रुप पहिलो

blog

सर्लाही , चैत १९ गते । तेस्रो लालबन्दी महोत्सवको अवसरमा आयोजित मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगितामा सर्लाही डान्स ग्रुप लालबन्दी पहिलो भएको छ । 

विजेता ग्रुपले नगद एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । नृत्य प्रतियोगितामा उर्मिला लोप्चन तामाङ दोस्रो र रोजिना लामा तेस्रो हुनुभएको छ । 

दोस्रो हुनुभएका तामाङले नगद ५० हजार र तेस्रो हुनुभएका लामाले नगद २५ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । उद्योग वाणिज्य सङ्घ लालबन्दीले महोत्सवको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतियोगी सहभागी भएका थिए ।