• १२ असोज २०८१, शनिबार

नेपथ्यको लोकरक साँझ

blog

चितवन, मङ्सिर २७ गते । बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो प्रस्तुति थियो ।  

करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्यान्डले दोस्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा...’ । 

नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे...’मा अटाएको थियो । यसपछि नेपथ्यको पुरानै गीतहरू ‘चरी म¥यो...’ र 

‘जोमसोमे बजारमा...’ले निरन्तरता पाएको थियो । 

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीत ‘रेशम...’ र ‘तालको पानी...’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्य...’ बाट बिट मारिएको थियो । मञ्चमा गायक अमृतलाई ड्रम सेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।