• ११ असोज २०८१, शुक्रबार

अग्रज संगीतकारको सम्झनामा बनेको ‘अजम्बरी उपहार’ सार्वजनिक

blog

काठमाडौं, मङ्सिर २३ गते । नेपाली संगीत क्षेत्रका अग्रज प्रतिभाको सम्झना गर्दै तयार भएको ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ।  

आचार्य प्रभाले रचना गर्नुभएको गीतमा गायक संगीतकार सजल न्यौपानेको स्वर रहेको छ।  गीतमा सिमा पोख्रेलको संगीत रहेको छ। 

अग्रज कलाकारको महत्व अनि योगदानलाई  बचाइराख्न र नयाँ पुस्तालाई उहाँहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताउनुभयो।