• २० असोज २०८१, आइतबार

फिल्म 'टुल्की' चैत ३ मा

blog

काठमाडौं, पुस १९ गते । बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा हिमाली भेगमा प्रचलित बहुपति प्रथा प्रस्तुत गरिएकाे छ । फिल्मका निर्देशक देवजङ्ग थापा, छायाङ्कनमा सुशील अधिकारी र नमराज घिमिरे हुनुहुन्छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता हुनुहुन्छ । यस्तै, चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने स्क्रिन प्ले शेखर लामाको छ ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ ।