• २० असोज २०८१, आइतबार

अभिनेता सविन श्रेष्ठले मृत्युपछि अङ्गदान गर्ने

blog

काठमाडौं, पुस १४ गते । अभिनेता सविन श्रेष्ठले मृत्युपछि अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेर उहाँले मृत्युपछि अङ्गदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गर्नुभएको हो ।

मृत्युपछि उहाँले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रा दान गर्ने जानकारी दिनुभएको छ । 

उहाँले सम्झौता पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेख्नुभएको छ, "मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरूँ कि भनेर मृत्युपछि पनि कसैलाई काम त लाग्छु। यस कार्यबाट खुसी छु।"

यसअघि उहाँले तिलगङ्गा अस्पताल पुगेर मृत्युपछि आँखा दान गर्नेसमेत घोषणा गर्नुभएको हो ।