• २० असोज २०८१, आइतबार

गीतसङ्गीतमा पूर्णिमाको छलाङ

blog

काठमाडौँ, पुस २० गते । नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ पूर्णिमा लामा। डेढ दशकदेखि निरन्तर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनुभएको उहाँले हालसम्म चार सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ। 

उहाँको हिजोसम्म मलाई माया, डाँडापारि मेरो माया, आमा, भाग्यले नि छल्छ, मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई लगायतका गीतहरू चर्चामा छन्। लामा स्वदेश तथा विदेशमा आयोजना हुने महोत्सवहरूमा व्यस्त हुनुहुन्छ। गायिका लामाले सर्वोत्कृष्ट नव गायिका विधाबाट पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, सर्वोत्कृष्ट नव गायिका विधाबाट प्रथम नेपाल म्युजिक अवार्ड २०७५, सर्वोत्कृष्ट गायिका विधाबाट एघारौँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ र सर्वोत्कृष्ट गायिका विधाबाट नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सहित राष्ट्रिय स्तरका दर्जनौँ अवार्डहरू पाइसक्नुभएको छ।