• ९ मंसिर २०८१, आइतबार

मधुसूदन भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

blog

काठमाडौं, पुस २० गते । गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ ले कमजोर शो पाएको छ । यसै फिल्ममार्फत अभिनेता आर्यन सिग्देल तीनवर्षपछि पर्दामा देखिनुभएको हो । 

यसैबीच, आर्यन नयाँ फिल्ममा अनुबन्धित हुनुभएको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा आर्यन मुख्य भूमिकामा देखिने भएका छन् । फिल्मको नाम भने जुरिसकेको छैन ।

निर्माण टिम र आर्यनबीच बुधवार लिखित सम्झौतामा हस्ताक्षर भएको हो । 

फिल्मको छायाङ्कन फागुन पहिलो साताबाट सुरु हुनेछ । यस फिल्ममा केही दिनअघि मुकुन भुषाल पनि अनुबन्धित हुनुभएको हो ।