• १७ चैत २०८२, मङ्गलबार

सात राष्ट्रको समूह (जी–७) बैठक

विश्वव्यापी अर्थतन्त्रलाई नै गम्भीर खतरा पार्न सक्ने चेतावनी

blog

  • जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूलाई निरन्तरता दिने निर्णय गरेका छन्।
  • अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको समन्वयमा रणनीतिक तेल भण्डारबाट अतिरिक्त आपूर्ति बजारमा पठाउने तयारी भइरहेको छ।
  • कच्चा तेलको मूल्य वृद्धिले विदेशी मुद्रा बजारमा अस्थिरता ल्याउनुका साथै विश्वव्यापी जनजीवन र अर्थतन्त्रलाई नै गम्भीर खतरामा पार्न सक्ने चेतावनी दिनुभएको छ।

टोकियो,  चैत १७ गते । सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बिचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।

वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ ।

अर्थ मन्त्रीहरू, ऊर्जा मन्त्रीहरू र केन्द्रीय बैँकका गभर्नरहरूको भर्चुअल बैठक पछि जारी गरिएको विज्ञप्तिमा जी–७ ले रूस– युक्रेन युद्धका कारण रूसमाथि लगाएको प्रतिबन्द जारी राख्ने जनाएको छन् । 

क्योडो न्यूजका अनुसार जी–७ समूहले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आवाश्यक समन्वय कायम गर्ने प्रतिज्ञा गर्दै पेट्रोलियम उत्पादनहरूको अन्यायपूर्ण निर्यात प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।

जापानका उद्योग मन्त्री रियोसेई अकाजावालाई उदृत गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) द्वारा रणनीतिक तेल भण्डारको अतिरिक्त आपुर्तिका लागि तयारी भइरहेको जनाएको छ ।

जापानका अर्थमन्त्री सात्सुकी कातायामाले क्योडो न्यूजलाई उद्धृत गर्दै बढ्दो कच्चा तेलको मूल्यले विदेशी मुद्रा बजारलाई असर गर्नुका साथै जन–जीवन र अर्थतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिनुभएको छ ।  

इरानमा अमेरिका र इजरायलको सयुक्त आक्रमण पछि पश्चिम एसियामा द्वन्द्व चर्किय पछि, इरानी सेनाहरूले विश्वव्यापी तेल ढुवानीको लागि एक महत्त्वपूर्ण स्थान हर्मुज अवरुद्ध गरे पछि आपूर्ति अवरोध र कच्चा मूल्यमा वृद्धि भएको छ । रासस/एएनआई