• ७ जेठ २०८१, सोमबार

आशिषलाई नवप्रतिभा पुरस्कार

blog

काठमाडौँ, माघ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण गर्नुभएको छ। उहाँले सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान प्रदान गनुभएको हो।

एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको छ भने गायक आशिष सचिनलाई नातिकाजी राष्ट्रिय शास्त्रीय नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ प्रदान गरियो। 

सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार र रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार प्रदान गरियो। यस्तै सञ्चारकर्मीद्वय डब्बु क्षेत्री र कुवेर गिरीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरियो।